Awareness Campaign

बागलुङमा एकै रातमा ६ घरमा चोरी, स्थानीयहरु त्रसित



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

रासस, ढोरपाटन: बागलुङमा एकै रात छ घरमा चोरी भएको छ। जिल्लाको बडिगाड गाउँपालिका-५, खौलार बजारमा ६ घरमा सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो। गाउँपालिकाको केन्द्र नजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन्।

बजारको पाँच पसलबाट नगद र एक घरबाट सुनचाँदी भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयाे । रातको २ देखि ३ बजेको समयमा स्थानीय अर्जुनप्रसाद खरेलको घरबाट साढे तीन तोला सुन, खौलार बजारको प्रज्ज्वल दाना पसलबाट नगद ६० हजार, खरेल भाडा पसल तथा हार्डवयरबाट नगद रु १५ हजार, जलजला होटलबाट नगद रु १० हजार, मायालु होटलबाट रु पाँच हजार कक्षपति स्टोर्सबाट चार हजार नगद चोरी भएको अध्यक्ष अधिकारीले बताउनुभयाे ।

सबै घरका ताल्चा फुटालेर चोर प्रवेश गरेको स्थानीयको भनाइ छ । चोरी भएका हरेक पसलमा घरको पछाडिबाट च्यानल गेटको ताल्चा फुटाएर चोरी भएको उहाँको भनाइ छ । चोरी भएको खरेल भाँडा पसल तथा हार्डवयरको सिसि क्यामेरामा एक अर्धबैंशे पुरुष अनुहारमा मुकुण्डो लगाएर झोला बोकेको र पीपिइ लगाएर घरको पछाडिबाट छिरेर काउन्टरको घर्रासहित चोरी गरेको देखिन्छ ।

Forest
Forest
Ad.

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले सिसि क्यामराद्वारा घटनाको सुक्ष्म अनुसन्धान गरिने बताउनुभयाे । चोरी भएको ठाउँमा प्रहरीलाई सिभिलमा खटाइने र सिसि टिभी फुटेज फेला परेको हुँदा त्यसलाई आधार बनाएर अनुसन्धान अगाडि बढाएको केसीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो