Smoking Causes Cancer

गुल्मीको मदानेमा एकदिने नि:शुल्क आँखा शिविर सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

वासुदेव पोखरेल, गुल्मी: गुल्मीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। मदाने आँखा उपचार केन्द्रको आयोजनामा मदाने गाउँपालिका वडा नम्बर २ को बाझँकटेरी स्वास्थ्य चौकीमा एकदिने आँखा शिविर सम्पन्न भएको हो ।

बाझँकटेरी स्वास्थ्य चौकीको उज्यालो अभियान कार्यक्रम अन्तर्गत मदाने आँखा उपचार केन्द्रको आयोजना तथा बाझँकटेरी स्वास्थ चौकी र बाझँकटेरी समाज काठमाडौंको सह आयोजनामा शिविर संचालन गरिएको बाझँकटेरी स्वास्थ्य चौकीका इन्चार्ज घन बहादुर थापा मगरले जानकारी दिनुभयो ।

उक्त एक दिने आँखा शिविरमा १४७ जनाको नि:शुल्क आँखा जाँच गरिएको थियो । जसमा १०२ बर्सिय कुवारी सुनारको समेत आँखा उपचार गरिएको थियो । बाझँकटेरी स्वास्थ्य चौकी इन्चार्ज थापा मगरका अनुसार यस शिविरबाट ६६ जनालाई चस्मा वितरण र बाझँकटेरी समाज काठमाडौंको सौजन्यमा तेह्र हजार पाँच सय दस बराबरको निशुल्क औषधि वितरण गरेको थियो ।

सिंचाई
Forest
Ad.

यस्तै उक्त आँखा शिविरमा १० जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने भएकाले उनीहरुको थप उपचारका लागी मदाने गाउँपालिका वार्ड नम्बर ६ मा अवस्थित मदाने आँखा उपचार केन्द्रमा पठाइएको र त्यहाँ उनीहरुको निशुल्क अप्रेसन हुने समेत बाझँकटेरी स्वास्थ्य चौकी इन्चार्ज थापा मगरले जिकिर गर्नुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो