Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा पछिल्लो समय चोरीका घटना बढ्दै



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सावित्रा पौडेल, गुल्मी: गुल्मीमा पछिल्लो समय चोरीका घटना बढिरहेका छन्। चोरीका घटना नियन्त्रणका लागि भन्दै जिल्ला सदरमुकाम तम्घासमा सीसी क्यामराको जडान गरिएपनि त्यो नाम मात्रको छ।

हिजो मात्रै गुल्मी अस्पताल तम्घासको प्राङ्गणमा ग १७ प ४००५ नम्बरको रोकेर राखिएको बाईकको हेल्मेट चोरी भएको छ।

उक्त हेल्मेट निलो कलरको भएको र कस्ले चोर्यो भन्ने पत्ता नलागेको तथा अनुसन्धान चलिरहेको छ।

सिंचाई
Forest
Ad.

जिल्ला अस्पताल गुल्मीमा सिसि क्यामेरा जडान गरिएता पनि उक्त बाईकको नम्बर पत्ता नलागेकोले कस्ले चोरी गर्यो भन्ने पत्ता लागेको छैन।

हेल्मेट चोरी हुनु भन्दा पनि चोर पल्कनु र अस्पताल जस्तो सार्वजनिक क्षेत्र अगाडि चोरी हुँदा समेत सिसी क्यामेराले काम नगर्नुमा सर्वत्र आलोचना भई रहेको छ।

यसअघी, मंसिर महिनामै गुल्मीको मालिका गाउँपालिका-७, स्थित भानुपोखरा बजार र मालिका- ६ अर्जेमा स्थानीयका घरहरुमा चोरी भएको थियो।

भानुपोखरामा फेन्सी, किराना पसल र घरहरु फोडेर चोरले ७० हजार भन्दा धेरैको धनमाल तथा अर्जेका नास्ता पसल, फलफूल पसल, स्थानीका घर लगायत ६ स्थानमा पसेर नगद गरगहना समेत चोरी भएको थियो।

Awareness by SKF

पश्चिम गुल्मीका गाउँहरुमा हरेक वर्षजसो चोरीका घटनाहरु हुने गरेका छन्। गतवर्ष धुर्कोट लगायतका अन्य गाउँपालिकामा यस्ता घटना भएका थिए। प्रहरीले सामूहिक चोरीबाट जोगिन सर्वसाधरणलाई आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो