Awareness

Dhurkot

दीनदुखीका घाउमा मलम लगाउँदै गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

मनु सुनार, गुल्मी: गुल्मीदरबार गाउँपालिका चारपालाबाट रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको संस्था गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले स्थापना भएदेखि सामाजिक कार्यमा अग्रणी भूमिका खेलेको छ।

Snow
Forest
Mountains

२०७५ फागुनमा हुमनाथ ज्ञवालीको अध्यक्षतामा विधिवत रुपमा तिलोत्तमा नगपालिकामा दर्ता गरी स्थापना भएको यस संस्थाले स्थापनाको छोटो अवधिमै थुप्रै पीडितहरुको सहारा बनेको छ।

सम्पर्क समाजको अध्यक्षको कार्यभार भने अहिले उषा खत्रीले निभाउँदै आउनुभएको छ । खत्रीको नेतृत्वमा १३ सदस्य कार्य समिति तथा ३ वटा वडा संयोजक र १५ सदस्यीय सल्लाहकार समुह रहेको छ । स्थापनाको छोटो समयमै एक सय जना आजीवन सदस्य र दुई पचास भन्दा बढी साधरण सदस्य आवद्ध भइसक्नुभएको छ ।

पीडितहरुलाई आर्थिक रुपमा सहयोग पुर्याउँदै आएको यस संस्थाले स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको सम्पर्क समाजकी अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

खत्रीले गत माघको १४ गते देखि सर्वसहमत रुपमा त्यस संस्थाको अध्यक्षमा जिम्मेवारी समाल्दैं आउनुभएको छ । उहाँले भन्नुभयो,-‘संस्थालाई बढी सामाजिक रुपमा सक्रिय बनाउन खोजीरहेका छौं । आगामी दिनमा वार्षिक साधारण सभा गरेर सहयोगीदातालाई सम्मान गर्ने योजना छ ।’ उहाँले संस्थाका गतिविधिहरुलाई भावी दिनमा थप प्रभावकारी बनाउन आवश्यक कार्यक्रमहरु तय गर्दै जाने समेत बताउनुभयो ।

‘अहिले पनि कर्मथलोका हिसाबले रुपन्देहीमा भएपनि हामीलाई आफु जन्मिएको ठाउँको सेवा गरौं भन्ने लाग्छ ।’ उहाँले भन्नुभयो,-‘आगामी दिनमा शिक्षा र स्वास्थ्यलाई जोड दिने, गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना छ ।’

संस्थाले रुपन्देहीमा बसोबास गर्ने गुल्मी चारपालाबासीहरुलाई एक ढिक्का गराउँदै विभिन्न सन्दर्भमा आर्थिक अभावमा परेर उपचार नपाएकाहरुका लागि सहयोग समेत पुर्याउँदै आएको छ ।

Awareness by SKF

अध्यक्ष खत्रीका अनुसार स्थापना दिवसको पूर्व सन्ध्यामा गत फागुनमा तिलोत्तमा मोक्षधाममा रहेको मानव सेवा आश्रम गएर आवश्यक सामग्री, खाद्यान्न, पंखाहरु वितरण गरिएको थियो ।

स्थापना दिवसको दिन २५ फागुनमा बृह्त रक्तादान कार्यक्रम गरी रगत अभाव भएका बिरामीहरुका लागि ठुलो सहयोग पुर्र्याएको सचिव विकास टण्डनले जानकारी गराउनुभयो । सल्लाहकार लक्ष्मण अर्यालको संयोजकत्वमा गुल्मीदरबारमा एक घर एक क्यालेण्डर अभियान मार्फत भित्तेपात्रो प्रकाशन र वितरण समेत गरिएको थियो ।

गुल्मीदरबारमा रहेका बालबालिकहरुलाई शिक्षामा अब्बल बनाउन ईश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन मिरा कोषको प्राविधिक सहयोग तथा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख लोकनाथ मरासिनीको प्रमुख आतिथ्यतामा प्रथम रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता समेत सञ्चानल गरेर विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन समेत उत्प्रेरणा प्रदान गरिएको वडा संयोजक राजेश खत्रीले जानकारी दिनुभयो ।

यस कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताउँदै तनाव व्यवस्थापन तथा खुसीयाली जिवनका रङ्गहरु कार्यक्रम बुटवल पब्लिक स्कुलमा गरिएको संस्थाका सल्लाहकार हेमलाल शर्मा भुसालले जानकारी दिनुभयो ।

सो कार्यक्रमको सहजीकरण अन्र्तराष्ट्रिय लाइफ कोंच ऋषि न्यौपानले गर्नुभएको थियो । त्यस कार्यक्रमका लागि सल्लहकार टिकाराम पन्थी, धर्मवीर खत्री, हेमलाल शर्मा भुसालको समेत सहयोग रहेको थियो ।

यस्तै गुल्मीका लुम्बनी प्रदेश सांसद धनेद्र कार्कीको प्रमुख आतिथ्यतामा गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा लगायतका वडाअध्यक्षहरुको समेत सहभागीतामा वनबाटिकामा तीज मिलन कार्यक्रम समेत गरिएको सहसचिव सुमित्रा टण्डनले जानकारी दिनुभयो ।

कोषाध्यक्ष काजीमान टण्डनको संयोजकत्वमा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणको प्रमुख आतिथ्यता र वडाअध्यक्षहरुको सहभागितामा वनभोज कार्यक्रम गरिएको थियो । मानव सेवा आश्रममा उपाध्यक्ष ढक बहादुर टण्डनको संयोजकत्वमा राहत वितरण गरिएको थियो ।

उपचारका लागि आर्थिक सहयोग

सम्पर्क समाजले आर्थिक अभावमा उपचारविहिन भएकाहरुका लागि आर्थिक सहयोग समेत पुर्याउँदै आएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । सम्पर्क समाजले सल्लाहकार गोविन्द अर्यालको संयोजकत्वमा आर्थिक सहयोगका लागि प्रतिव्यक्तिलाई रु.१० हजार १ सय सहयोग गर्ने निणर्य गरेको थियो ।

सोही अनुसार गुल्मीदरबार गाउँपालिका -६ का मृगौला पीडितहरु टिकाकुमारी थापा, मनिका बिकलाई पनि आर्थिक सहयोग गरिएको छ ।

गुल्मीबार-६ निवासी क्यासर पीडित दुर्गा केसी, सदस्य कृष्ण अर्यालकी मृगौला पीडित श्रीमतीलाई पनि आर्थिक सहयोग गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

सोही स्थानका दीन बहादुर थापा उपचार सम्भव नभएपछि विगत चार वर्ष देखि विस्तारमा थला पर्नुभएको छ । उहाँलाई सोही रकम बराबरको खाद्यान्न सहयोग गरिएको छ ।

कार्य समिति सदस्य सुदिप ज्ञवाली लाई पनि उपचारका लागि आर्थिक सहयोग गरिएको खत्रीले जानकारी दिनुभयो ।

गुल्मीदरबार ६ मा घर भई तिलोत्तमा ३ मा बासबोसास गर्ने अब्बल विद्यार्थी आर्दश पन्थीलाई बुटवल पब्लिक स्कुलमा संस्थाले आफ्नै खर्चमा भर्ना समेत गरिदिएको छ ।

सोही स्थानका दल बहादुर विक परिवारको सम्पर्कमा नआएपछि विचल्लित परिवारलाई पनि आर्थिक सहयोग गरिएको छ । वि.क.का छोरा शुसिल विकको पठनपाठनका लागि आर्थिक सहयोग गरिएको हो । उहाँलाई अध्यक्ष खत्रीकी छोरी स्नेहा खत्रीले पठनपाठनका लागि सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गर्नुभएको हो ।

यस्तै संस्थाका सल्लाहकार शंकर ज्ञवालीकी श्रीमतीको उपचारका लागि पनि आर्थिक सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

यहि मंसिर १४ गते बिहान घरमा पुजा गर्ने क्रममा गुल्मीदरबार ६ स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका -११ तिनकुने बस्दै आउनुभएका रमेश ज्ञवालीको आमा सावित्रा ज्ञवाली पुजा गर्ने क्रममा आगलागी भएर शरीर पूर्णरुपमा जलेकाले उपचाररत लुम्बिनी प्रादेशिक अस्पतलामा गएर संस्थाको तर्फबाट रु. १० हजार १ सय र आवद्ध व्यक्तित्वहरुबाट संकलन भएको रु. ६० हजार सहयोग गरिएको संस्थाका कोषाध्यक्ष काजिमान टण्डनले जानकाी दिनुभयो ।

गुल्मी चारपाल बेलपोखराका यम बहादुर रानालाई उपचारका लागि एम्बुलेन्समा लैजाने क्रममा उहाको बाटोमै मृत्यु भएकाले रानाकी श्रीमतीलाई दाहसंस्कारका आर्थिक सहयोग गरिएको कार्य समिति सदखस्य रमेश कार्कीले जानकारी दिनुभयो ।

यस संस्थाले सदस्य शुल्क तथा प्रत्येक वर्ष नविकरण शुल्क र दानदाताहरुबाट संकलन भएको रकमबाट सामाजिक कार्य गर्दै आइरहेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । यस्ता थुप्रै घटनाहरुमा संस्थाले सहयोगी भूमिका खेल्दै आएकोप्रति संस्थाले सामाजिक क्षेत्र तथा समाजसेवामा पुर्याउँदै आएको भूमिकाको प्रशंसा समेत हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो