Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको चन्द्रकोटमा २० औँ स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिका गुल्मीले मंगलबार २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास“ भन्ने मूल नाराका साथ २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८० मनाईएको हो ।

गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाट एकसाथ मनाईएको उक्त कार्यक्रमको अवसर पारि गाउँपालिकाद्वारा पालिका भित्रका ८७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई १ थान झोला, १ थान प्राथमिक उपचार बक्स वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्माले बताउनुभयो । चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माले सम्भवत जिल्ला मै आफहरुले गरेको कार्य पहिलो भएको बताउनुभयो । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई अत्यावश्यक पर्ने सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँ अनुसार वितरण गरिएको सामाग्रीले दुर्गम क्षेत्रका स्थानियलाई प्राथमिक उपचारमा राहात हुने बताउनुभयो । यस्तै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले पनि पालिकाले गरेको कामको प्रशंसा गरेका छन । आगामी दिनमा पनि यस्तै कार्य गरि आफुहरुको मनोबल उच्च हुने उनिहरुको भनाई छ ।

सिंचाई
Forest
Ad.

यस्तै प्रत्येक स्वास्थ्य संस्थाहरूबाट १र१ जना उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका छनोट गरिएको छ भने छनौट भएका महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई एक कार्यक्रम गरि सम्मान समेत गरिनेछ । साथै सोही अवसरमा लैङ्गिक हिंसा विरूद्दको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम समेत सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो