Awareness

Dhurkot

पाल्पामा महिला हिंसाका घटना बढ्दो



सुमित्रा कंडेल
१ वर्ष अगाडि


Place for ads

सुमित्रा कंडेल, पाल्पा: पछिल्लो समय पाल्पामा महिला हिंसाका घटनाहरु बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांक अनुसार चार आर्थिक वर्षमा पाल्पामा महिला हिंसाका घटना तीव्र गतिमा बढ्दै गएका हुन्।

Snow
Forest
Mountains

आर्थिक वर्ष २०७७/०७८ देखि अहिलेसम्म प्रहरी कार्यालय पाल्पामा दर्ता भएका महिला हिंसाका उजुरीहरु ह्वात्तै बढेको पाइन्छ। आर्थिक वर्ष २०७७/०७८ मा ५०, आर्थिक वर्ष २०७८/०७९ मा ८१, ०७९/०८० मा ९८ र चालू आर्थिक वर्षको हालसम्म ३४ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पा अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ। २०७७/०७८ मा घरेलु हिंसातर्फ ४९, आर्थिक वर्ष २०७८/०७९ मा घरेलु हिंसातर्फ ८१ वटा ०७९/०८० मा ९८ उजुरी परेका छन्।

यस्तै चालू आर्थिक वर्षको अहिलेसम्म घरेलु हिंसातर्फ ३४ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो।

जबर्जस्ती करणी तर्फ ०७७/०७८ मा १७, ०७८/७९ मा २४, ०७९/०८० मा १५ र चालू आर्थिक वर्षको अहिलेसम्म ४ वटा उजुरी परेका छन।

तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा घरेलु हिंसाका घटना बढी छन्। आर्थिक वर्ष २०७७/०७८ देखि चालू आर्थिक वर्षको अहिलेसम्म २ सय ६३ उजुरी दर्ता भएको जनाइएको छ। हिंसा अन्तर्गत दर्ता भएका सबैजसो उजुरी मिलापत्र भइसकेका छन् भने केही बाकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांकमा छ।

हिंसाका घटनालाई न्यूनीकरण गर्न प्रहरी कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान को अवसर पारेर समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका स्थानीय तहसङ समन्वय गरेर सचेतनाका कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो।

समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई स्थानीय तहले बस्तीको टोल टोलमा पुर्याउन सके लैङ्गिक हिंसा न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ। कतिपय स्थानीय तहले यस्ता कार्यक्रमलाई बेवास्ता गर्दा हिंसाका घटना बढ्दै गएका छन।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →