बागलुङ: निसीखोला गाउँपालिका वडा नं. २ की दुवै मृगौला पीडित पुनिकला घर्तीको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ। विगत एक वर्षदेखि दुवै मृगौला फेल भएको घर्तीको यतिबेला उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि दाजु चिना घर्तीले अनुनय विनय गरेका छन।
निसीखोला गाउँपालिका निवासी दिल बहादुर घर्तीको २३ वर्षीय दुवै मृगौला पीडित छोरी पुनिकला घर्ती पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा एक वर्ष देखि उपचाररत छिन। परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र बुवाको समेत मृत्यु भएका कारण थप उचारका लागि समस्या परेको दाजु चिना घर्ती बताउछन।
मृगौला प्रत्यारोपणका लागि ठुलो धनराशिको आवश्यकता परेको र परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारमा समस्या परेको हो। मृगौला पीडित पुनिकला पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोश्रो वर्षमा अध्ययनरत छिन। देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई ‘पुनिकला घर्ती बचाउ अभियान’ मा सक्दो सहयोग गरी उनको जीवन रक्षाका लागि कुवेतको नेपाली समाजको चिरपरिचित समाजसेवी राम बस्नेतले आर्थिक सहयोगका लागि अपिल गरेका छन।
त्यस्तै हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका निसीखोला गाउँपालिका-१ का गिरीजा कुँवर पनि सहयोग अभियानमा लागेका छन्। कुँवरले पनि सहयोगका लागि अपिल गरेका छन।
साथै पुनिकला घर्तीलाई नयाँ जीवन दिन तलको विवरण अनुसार सहयोग गर्न सकिने दाजु चिना घर्तीले ओझेलका खबरलाई बताउनु भएको छ। दाजु चिना घर्ती भन्छन्, ‘सहयोग सानोठुलो हुदैन तसर्थ आफुले सकेको सहयोग गर्नुहुन र आफ्नो स्वेच्छाले सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछौँ।’
आर्थिक सहयोगका लागि सम्पर्कः
China Gharti
Prabhu Bank
A/C: 1430141663700018
Esewa: 9805248408
QR Code :
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |