Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा गाडीबाट पानी ढुवानी गरेर पिउनुपर्ने बाध्यता



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा अझै पनि गाडीबाट पानी ढुवानी गरेर पिउँनुपर्ने बाध्यता रहेको छ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर एकको देउराली, सिरकोट र वडा नम्वर २ को कोटका स्थानीयहरूले गाडीबाट पानी ढुवानी गरेर पिउँन बाध्य भएका छन्।

गाउँगाउँमा सिंहदरबार आएपनि खानेपानीको अवस्था हेर्दा यहाँका स्थानीयहरूले त्यो अनुभूति गर्न पाएका छैनन्। वर्षायामको समयमा चिदियारको मुलबाट पानी पिउने गरेका स्थानीयहरूले हिउँद लागेपछि मुहान सुक्दै जाँदा गाडीबाट पानी ढुवानी गरेर पिउँन बाध्य भएको स्थानीय युवा तिलक रानाले बताए।

Forest
Forest
Ad.

एक पटक गाडीमा पानी ल्याउँदा गाडीलाई एक हजार पाँच रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको स्थानीय ७५ वर्षीय बलबहादुर न्यौपानेले बताए। पानी पनि तेल जस्तो गरी प्रयोग गर्नुपरेको उनको भनाइ छ।

यहाँका करिब एक सय घरधुरीहरूले वर्षौदेखी खानेपानीको समस्या झेल्दै आएका छन्। निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्दै नेताहरूले भोट माग्ने र आफूहरूलाई भोट बैङको रुपमा प्रयोग गर्ने गरेको यहाँका स्थानीयहरूले गुनासो गरेका छन्।

नेताहरूले निर्वाचनमा पानी खुवाएरै छाड्छौ भन्ने र निर्वाचन जितेपछि सबै बिर्सने समस्या रहेको स्थानीयहरूले दुखेसो गरेका छन्। बिहान पानी लिन पधेँरा धाउँदा विद्यार्थीहरू पनि समयमा विद्यालय आउन नसक्ने र आए पनि उनीहरूमा थकान महशुस हुने गरेको देउराली माध्यमिक विद्यालयक शिक्षक समेत रहेका लक्ष्मीपति न्यौपानेले बताए।

बस्तीभन्दा तल खानेपानीको मुहान भएकाले लिफटिङ गरेर मात्रै पानी खुवाउन सकिने खानेपानी तथा तथा सरसफाई डिभिजन कार्यालय तम्घास गुल्मीले जनाएको छ।

Awareness by SKF

ठोटनेरी खोलाबाट लिफटिङ गरेर पानी खुवाउनका लागि अघिल्लो वर्षको बजेटबाट ट्याङकी निमार्ण भएको कार्यालयका प्रमुख अनुज उपाध्यायले बताए। यस वर्ष १५ लाख वजेट भएको र उक्त वजेटले यस वर्ष पनि योजना सम्पन्न गर्न नसकिने उनले बताए। पर्याप्त वजेट नहुँदा त्यस स्थानमा खानेपानीको समस्या भएपनि समस्या समाधान गर्न नसकिएको कार्यालयले जनाएको छ।

यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले देउराली र कोटमा रहेको बस्तीलाई खानेपानी खुवाउँनका लागि आफूले हरदम प्रयास गरेको बताए। यस वर्ष एक घर एक धारा सम्पन्न गर्न नसके पनि लिफटिङ मार्फत पानी तानेर निश्चित टोल टोलमा पानी खसालेर भएपनि पानी खुवाउँने गरी आफूले योजना बनाएको बताए। -थाहा खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो