गुल्मी: गुल्मी ठुलोलुम्पेककी एक सुत्केरीको मृत्यु भए पछि बुटवलको आम्दा अस्पतालका मेसु डा. राजेन्द्र बस्याल गए राति आफन्तजनबाट निर्घात कुटिएका छन।
अप्रेसन गरेर बच्चा निकालिएको एक दिन पछि सत्यवती गाउँपालिका-३, ठुलोलुम्पेककी चेली तथा वडा नम्बर २ थुम्का स्थित निशान थापाकी श्रीमति ३२ बर्षिया भवानी रास्कोटी थापाको बुटवल स्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा मृत्यु भएको सत्यवती-३ का वडाध्यक्ष जितु तरामु मगरले जानकारी दिए।
क्षतिपूर्तिका विषयमा विवाद हुँदा त्यस अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको र कुटपिट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी पाएको वडाध्यक्ष मगरले बताए। नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ।
लुम्बिनी चिकित्सक सङ्घका सचिव डा. सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सक माथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए। चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसम्म आफूहरू उपचार रोकेर विरोध गर्ने बताए।
गम्भीर घाइते डाक्टर बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको जनाईएको छ। प्रहरीले त्यस अस्पतालको सुरक्षा व्यवस्था कडा बनाएको छ। मृतकका श्रीमान प्रदेश शिक्षा तालिम केन्द्र भैरहवामा जागिरे भएकोले उतै बस्दै आएको वडाध्यक्ष मगरले बताए। मृतकका यस अघि एक सन्तान जन्मेको उनको भनाई छ।
आफन्तजनले एक दिन अघ मात्र नवजात शिशु( छोरा) को फोटो राखेर बधाई दिईरहेका थिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |