Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मेलीलाई पहिलोपटक दुर्घटनाको दु:ख सुनाउँदै नेता भण्डारी



टोपलाल अर्याल
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले आफू दुर्घटना परेको घटना पहिलोपटक जिल्लावासीलाई सुनाएर स्तब्ध बनाएका छन। उनले आफूलाई पुनर्जीवन दिने सबैलाई पवित्र रेसुङ्गा तपोभुमीको आशीर्वाद प्राप्त होस् भन्दा उपस्थिति कार्यकर्ताको गह भरिएको थियो।

दोस्रो जिल्ला सम्मेलनको सन्दर्भमा गुल्मी आएका गुल्मी क्षेत्र न १ का सांसद समेत रहेका नेता भण्डारीले काठमाडौको घटनादेखि भारतको उपचारसम्मको बारेमा बोल्दै बाचेर मातृभुमीको स्टेजमा उभिन पाउँदा खुशी ब्यक्त गरे । सम्पूर्ण नेपालीको सद्भाव र कामनाको कारण ठुलो दुर्घटनाबाट फेरि भ्रष्टाचार र बिपन्नका आवाज बोल्न फर्किन सकेको भण्डारीले बताएका थिए ।

आफू उत्साहपुर्ण मतका साथ विजयी भएर गएपछि दुर्घटनाले लामो समय उपचारमा रहन परेको र स्वास्थ ठिक हुँदै गएकाले अब जिल्लाको बिकास निर्माणको काममा खटिने प्रतिवद्द्ता भण्डारीले ब्यक्त गरे ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →