Place for ads

Awareness

नयाँ पञ्चेबाजाको गीत ‘रामलाई रानी’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
६ महिना अगाडि


       

Place for ads

गुल्मी: लगनको महिना मंसिर महिनालाई लक्षित गर्दै नयाँ पञ्चेबाजा गीत ‘रामलाई रानी’ सार्वजनिक भएको छ। शिशिर परियार, मनोज परियार र तारा बिसीको आवाजमा रहेको पञ्चेबाजा गीतलाई रामचन्द्र चन्द युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।

विशेषतः माया प्रेमका भाव समेटिएको गीतमा हेमनाथ खरालको शब्द र संगीत रहेको छ। पाल्पाका रमणिय स्थानमा छायांकन भएको गीतको भिडियो मौलिक शैलीमा निर्माण भएको संगीत संयोजक तथा सर्जक रामचन्द्र चन्दले बताउनुभयो।

Get Vaccinated

जापानको टोकियोबाट सञ्चालित दोहोरी प्रतियोगिता सिजन दुईका निर्णायक लोक गायक र सांस्कृतिक संयोजक लोक सर्जक हेमनाथ खराल बिच गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगितामा योगदान पुर्याउने सल्लाह बमोजिम यो गीत निर्माण गरिएको निर्माण पक्षले बताएको छ। सर्जक खरालले भन्नुभयो, ‘वियोगान्त गीत धेरै बनाइयो। एउटा रमाइलो दोहोरी गीत बनाउने इच्छाले यो पञ्चे बाजाको गीत निर्माण गरेका हौँ।’

लोक दोहोरीको क्षेत्रलाई करियर बनाएर स्वदेशमा लामो अनुभव संगालेका गायक तथा संगीतकार रामचन्द्र चन्द र प्रवासमा बसेर लोकलय विधामा कलम चलाउने हेमनाथ खरालको सहकार्यमा गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगितामा निर्णायक र सांस्कृतिक संयोजक रहेको नाताले सो प्रतियोगिताकै विजेतालाई गाउने अवसर प्रदान गरिएको हो।

पञ्चेबाजाको गीत भएको हुनाले उदयमान पञ्चेबाजा सेट वादक शिशिर परियारलाई वाद्यवादनका लागि आमन्त्रित गरिएकोमा उनलाई गीत मन परेकोले गाउने इच्छा व्यक्त गरे अनुसार उनी र नव प्रतिभा गायिका तारा विसीलाई जोडेर एल्बम गर्न पाएकोमा गौरवान्वित महसुस गरेको सर्जक हेमनाथ खरालले बताउनुभयो। परियारले नौमतीको मंगलधुन देखि लोपोन्मुख नरसिङ्गाबाट गायत्री स्वरोच्चारण समेत बजाउछन्। उनि मुसिकोट नगरपालिका-६, गुन्दाराका युवा हुन।

रामचन्द्र चन्दले आफ्नै एरेन्जमा धेरै पञ्चेबाजाका गीत निर्माण गरेका भएता पनि केहि नयाँ होस् भन्ने चाहनाले पञ्चेबाजामा लोकप्रियता कमाउदै गरेका मनोज परियारले संगीत संयोजन गर्ने अवसर प्राप्त गरेका हुन्।

Awareness by SKF

निर्देशक समेत रहेका हेमनाथ खराल भन्छन्, ‘मौलिक ठेट बोलीका शब्द र सबैको पकडमा आउने खालको सरल भाकामा गीत पस्कने कोसिस गरेका छौँ।’

गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता सिजन दुईका प्रमुख सल्लाहकार तथा वरिष्ठ संगीतकार नारायण रायमाझी, जुरीमा रहेका सुप्रसिद्ध लोक श्रजक साहित्यकार रमेश बिजी, निर्णायक परदेशी गायक सुर्य खड्का, निर्णायक तथा वरिष्ठ गायिका शर्मिला गुरुङको प्रत्यक्ष आशिर्वाद रहेको यो शृजना, विश्वास आचार्य लगायत सिंगो गोर्खाली भ्वाइस परिवारको प्रत्यक्ष सहभागितामा निर्माण गरिएको हो।

‘केवल शुभचिन्तकका लागि निर्माण गरिएको यो कृति के कस्तो बन्यो हामिले भन्दा पनि तपाईंहरुले शुभ चिन्तक, दर्शक श्रोताहरुले, सुझाव पठाइदिन कञ्जुस्याइँ नगरिदिन तथा मन परे शेयर सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।’ लोक गायक रामचन्द्र चन्दले भने।

गीतबाट आफुहरु निकै आशावादी रहेको गायक त्रय शिशिर, मनोज र ताराको भनाइ छ। गीतको म्युजिक भिडियोलाई हेमनाथ खरालले निर्देशन गरेका छन भने बबिता श्रेष्ठको कोरियोग्राफी रहेको छ। पुरन गाहा, बबिता श्रेष्ठ, नारायण बस्याल, स्वस्तिका कर्माचार्य आदिको अभिनय रहेको भिडियोलाई सुनिल विश्वकर्माले छायांकन गरेका हुन भने अमृत चापागाँईले सम्पादन गरेका हुन।

COVID-19

भिडियो हेर्नुहोस्: 

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो