Salime Malika Krishi Farm

Awareness Campaign

वर्षौदेखि बाँझिएको सयौँ रोपनी जमिनलाई स्वामीले बनाए आनन्द भूमी



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: कुनै ठाउँमा कुनै दुष्कर्मी मानिस पस्यो भने सिङ्गो गाउँ नै बिग्रन सक्छ। त्यस्तै कुनै सत्कर्मी मानिस भित्रियो भने सिङ्गो गाउँ नै सप्रिन सक्छ भन्ने उदाहरण गुल्मीको सिर्सेनी गाउँमा देख्न सकिन्छ। जहाँ एक जना व्यक्तिले बर्षौ देखि बाँझिएर खेर गएको सयौं रोपनी जमिन खनेर सात करोड बढी रकम खर्चेर आम मानिसका लागि आनन्द भुमि बनाएका छन।

मदाने गाउँपालोका-३, सिर्सेनी स्थित १३८ रोपनी भन्दा बढि बाँझो जमिन खरिद गरि स्वामी रामचन्द्र दास भुसालले त्यहाँ श्री अरविन्दा तपोभुमि स्थापना गरि त्यो बाँझो जमिनलाई असमान्य रुपमा सदुपयोग गरि आम मानिसका लागि आनन्द भुमि बनाउनु भएको हो ।

विकट गाउँ भन्दै कैयौं मानिसले गाउँ छाड्दै बँझाएर राखेको जमिन स्वामि रामचन्द्र दासले २०७० सालमा अरविन्दा तपोभुमि स्थापना गर्नु भएको थियो । त्यस अघि सम्म जंगली जनवारको डरले त्यस जङ्गलमा दिनको समयमा मानिस जान समेत डराउने जङ्गलको बीचमा स्वामि रामचन्द्र दासले अहिले सयौं मानिस योगा ध्यान गर्न जाने र मन शान्ति लिने, प्राकृति उपचार लिने आनन्दभुमि बनाउनु भएको छ ।

सिंचाई
Forest
Ad.

उत्तर तर्फ अग्लो मदाने लेकको हरियाली आफैमा मनोरम छ । पुर्व, पश्चिम र दक्षिण तर्फका सुन्दर गाउँ बस्तिको दृश्यले थप आनन्द दिन्छ । हिजो खरका झुपडी दुर्गम भनेर छाडिए, भत्किए तर अहिले त्यसै थलोमा आलिशान महल ठडिनु र अनेकन आकर्षक संरचना बन्नु राज्यले गर्न नसके पनि कुनै ब्यक्ति र संस्थाले गर्न सक्छ भन्ने ज्वालन्त उदाहरण हो त्यो ।

त्यहि सकारात्मक कार्यको अध्ययन गरि महत्व दिएर लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन शुक्रबार त्यस संस्थाको ११ औ वार्षिकोत्सवको प्रमुख अतिथि हुन पुग्नु भएको थियो । उनले भव्य समारोहका बीच वार्षिकोत्सवको उद्घाटन गरे । उनले कोट मन्दिरमा भक्कल चढाउदैमा, पशुपंक्षिको हत्या गरेर भगवानलाई रगत चढाउदैमा मनोकामना पुरा हुन्छ भन्ने पुरातनवादी जनविश्वासमा नपर्न सुझाव दिदै भन्नुभयो भगवानसङ्ग अपराधीले पनि अपराधबाट मुक्ति पाउ भनि ढोग्न जान्छन ।

अनि अपराधीलाई पनि मुक्ति दिन्छ्न भने ति भगवान भगवान हुन ? यस्तो प्रति प्रश्न गर्दै उनेले थपे ‘ स्वामिजिले अध्यात्मिक, प्राकृति मनोविज्ञानका माध्यमबाट जे गर्नु भएको छ नै यो नै सहि हो ।’ सोहि अवस्थामामा सिर्सेनि पुर्ख्यौली घर भै हाल बुटवलमा बस्ने महेन्द्र अर्यालकी स्वर्गिय धर्म पत्नि लिला अर्यालको स्मृतिमा गठित ईन्टरनेशनल सिमलि फाउन्डेसनले त्यहाका विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई पोशाक, बर्षभरिलाई पुग्ने कापि कलम र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदेश प्रमुखबाट वितरण गराएको थियो ।

कार्यक्रममा मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले सालझण्डी ढोरपाटन सडक सम्पन्न भएपछि त्यस तपोभुमिमा थप रौनक र गरिमा बढ्ने बताए । वार्षिकोत्सवको प्रदेश प्रमुख शेरचनले उद्घाटन गरेका छन् । कार्यक्रममा एकीकृत समाजवादीकी नेतृ तथा पुर्व मन्त्री रामकुमारी झाक्री , उनै स्याङ्जाका पुर्व सांसद पाण्डे, मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवर, मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल, गुल्मीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी, मानव अधिकार संरक्षण मंचका केन्द्रीय सदस्य तथा इन्टरनेश्नल सिमलि फाउन्डेसनका संरक्षक महेन्द्र अर्याल लगायतका बिशिष्ट ब्यक्तिहरुको आतिथ्यता रहेको छ ।

Awareness by SKF

समारोहको अध्यक्षता त्यस तपोभुमिका स्वामि रामचन्द्र दासले गरेका छन् । भने कार्यक्रमको सहजीकरण तमोभुमिकाका व्यवस्थापक रामप्रसाद घिमिरेले गरिरहेका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो