Place for ads

Awareness

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला ५ दिन लाग्ने



ओझेलका खबर संवाददाता
६ महिना अगाडि


Place for ads

गुल्मी: चिच्याएर वर माग्ने पाल्पाको सत्यवतीमा मेला ५ दिन लाग्ने भएको छ। मङ्सिर ७ गतेदेखि ११ गतेसम्म चिच्याएर वर माग्ने मेला हुने सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

तिनाउ गाउँपालिका-४, सत्यवतीमा हरेक वर्ष चिच्याएर वर माग्ने मेला लाग्ने गर्दछ। यो वर्ष मेला पाँच दिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए। परम्परादेखि नै यहाँ चिच्याएर वर माग्ने अनौठो मेला लाग्ने गरेको उनले बताए।

Get Vaccinated

परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किम्बदन्तीमा उल्लेख छ।

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ ।

यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहार पछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन वर माग्ने मेलामा सहभागी हुने गरेको स्थानीय बासिन्दा एवं वडा अध्यक्ष तुलबहादुर आलेले जनाए।

बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ। ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी, कुखुराका भाले, परेवा समेत बली चढाइन्छ।

Awareness by SKF

यहाँ परापूर्व कालदेखि नै वर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए।

सत्यवती ताल क्षेत्रको संरक्षण गर्दै बर माग्न आउने भक्तजनको सुविधाका लागि सडक मर्मतको काम भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। यो वर्ष दुई लाखभन्दा बढी भक्तजन वर माग्नका लागि मेलामा सहभागी हुने अपेक्षा मेला व्यवस्थापन समितिले गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो