Smoking Causes Cancer

गुल्मीका दुई स्थानीय तहमा बिहीबार सार्वजनिक बिदा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले मंसिर ७ गते सार्वजनिक बिदा दिएको छन।

दुई पालिकाले आज सुचना जारी गर्दै मंसिर ७ गते बिदा दिएको हुन ।

महान पर्व हरिबोधिनी एकादशी २०८० को पावन अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले विगतमा यस नगरपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक विदा दिइएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

सिंचाई
Forest
Ad.

बिगतका बर्षमा झै ७ गते विहिबारका दिन रेसुङ्गा नगरकार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संथाहरुमा सार्वजनिक विदा दिएको नगरपालिकाका प्रमुख प्रशाअकीय अधिकृत हरि प्रसाद अर्यालले जानकारी दिए।

यता जिल्लाको गुल्मी दरबार गाउँपालिकाले पनि सोही दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिएका छन । हरिबोधिनी एकादशीको दिन गुल्मीको रेसुङ्गामा विशेष मेला लाग्ने गर्दछ । मेला हेर्न जिल्लाका विभिन्न स्थान सहित छिमेकी जिल्लाका मानिसहरु रेसुङ्गा आउने गर्दछन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो