Hi-Speed Computer

Awareness Campaign

खड्गदेवी युवा क्लवकाे छैठौँ वार्षिकोत्सवकाे अवसरमा खेलकुद तथा सांस्कृतिक सम्पन्न



कौरव खत्री
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: खड्गदेवी युवा क्लव मुसिकाेट नगरपालिका २ मुसिकाेट रातचाैर गुल्मीकाे छैठौं बार्षिकोत्सवकाे अवसरमा खुल्ला भलिबल तथा रेकर्ड डान्स प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएकाे छ।

त्यस्तै साेही अवसरमा खुल्ला वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता तर्फ रेस्क्यु युवा क्लव मुसिकाेट नगरपालिका २ मुसिकाेट भर्जुवा गुल्मीले नगद २५ हजार सहित मेडल र सम्मान पत्र सहित प्रथम पुरस्कारकाे उपाधी हात पारेकाे थियोे ।भने जन जागृति युवा क्लब मुसिकाेट नगरपालिका ६ गुरूजाङ गुल्मीले नगद १५ हजार सहित मेडल र सम्मान पत्र सहित द्वितीय पुरस्कारकाे उपाधी हात पारेकाे थियोे ।

त्यस्तै खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ आयाेजक खड्गदेवी युवा क्लव मुसिकाेट नगरपालिका २ मुसिकाेट राताचाैर प्रथम,अञ्जली काउचा बडिगाड बागलुङकाे समुह द्वितीय भएकाे छ ।त्यस्तै रेस्क्यु युवा क्लव मुसिकाेट नगरपालिका २ मुसिकाेट भर्जुवा गुल्मी तृतीय भएकाे छ । कार्यक्रममा क्लवलाई आर्थिक सहयोग गर्ने चन्दादाता,कलाकार, खेलाडी लगायत क्लवलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएकाे थियोे ।

Forest
Forest
Ad.

त्यस्तै कार्यक्रममा राष्ट्रिय कलाकार ओम सेन्चुरी,सम्झना रणपाल, कमल बराल लगायत स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुती रहेका थिए ।

साेही अवसरमा मुसिकाेट नगरकार्य पालिका सदस्य सागर नेपाली,मुसिकाेट नगरपालिका वडा न.२ गुल्मीका वडा सदस्य देब बहादुर रायमाझी,मुसिकाेट नगरपालिका वडा न. २ गुल्मीका पुर्व वडा सदस्य नर बहादुर खत्री,वामी प्रहरी चाैकीका प्रमुख बरिस्ठ सही लक्षमण विश्वकर्मा, जिटिभी नेपाल अनलाइन सुचना केन्द्र प्रा. लि. का अध्यक्ष दिपक नेपाली,सिर्जनशिल युवा क्लव मुसिकाेट नगरपालिका १ थामडाडाका गुल्मीका पुर्व अध्यक्ष भिम पाण्डे,मुसिकाेट युवा क्लव मुसिकाेट नगरपालिकाका अध्यक्ष बसन्त अधिकारी,तुफान परिकल्पना युवा क्लवका अध्यक्ष महेन्द्र घिमिरे,क्लवका सचिव राेशनसिह ठकुरी,समाजसेवी कृष्णप्रसाद खरेल लगायत सञ्चारकर्मी,चन्दादाता, समाजसेवीहरूकाे विशेष उपस्थिति रहेकाे थियो ।

कार्यक्रम खड्गदेवी युवा क्लब मुसिकाेट नगरपालिका २ मुसिकाेट रातचाैर गुल्मीका अध्यक्ष रबिन्द्र केसीकाे अध्यक्षता तथा बरिस्ठ चन्दादाता एवम् समाजसेवी दधिराम घिमिरेकाे प्रमुख आतिथ्यता रहेकाे थियो । कार्यक्रम क्लवका उपाध्यक्ष रामप्रसाद आचार्यकाे स्वागत मन्तव्यसगै शुरू भएकाे कार्यक्रमकाे सञ्चालनमा भने मुसिकाेट युवा क्लवका महासचिव बिष्णु प्रसाद आचार्यले गर्नु भएकाे थियाे । कार्यक्रम गत मंसिर १ गते देखि शुरू भएकाे कार्यक्रमकाे आइतबार सम्पन्न भएकाे थियोे ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो