Place for ads

Awareness

रामचन्द्र चन्दको संगीतमा खिमानन्द खरेलको पञ्चेबाजा गीत ‘पारिजातको बोट’ सार्वजनिक



ओझेलका खबर संवाददाता
६ महिना अगाडि


       

Place for ads

गुल्मी: विदेशी भूमिमा रहेर पनि नेपाली गीत सङ्गीतको उत्थान र प्रचारप्रसारमा सक्रिय मौलिक सर्जक खिमानन्द खरेल यसपटक पञ्चेबाजाको गीत ‘पारिजातको बोट’ को साथमा उपस्थित भएका छन। जन्मभूमिको मायाले ओतप्रोत, नेपाली माटो, पाखा पखेराको सुवास अनि मौलिकता उनका सिर्जनाका विशेषता हुन।

उनी व्यवसायिकता भन्दा पनि मौलिकतामा रमाएको उनका हरेक प्रकाशित एल्बमबाट सजिलै बुझ्न सकिन्छ। यस पटक पाल्पाको रमणीय र पर्यटकीय स्थल बौघागुम्बामा छायाङ्कन गरिएको गीतमा खिमानन्द खरेलको लय तथा शब्द, रामचन्द्र चन्दको संगीत संयोजन र इश्वर सिङ र सुनिता बुढाको स्वर रहेको छ।

Get Vaccinated

प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गर्नुभएको हो भने म्युजिक भिडियोमा अस्मिता रणपाल, सुमन थापा, दिप्सन छेत्री र नविना घर्तीको मुख्य अभिनय रहेको छ। सुमन थापाको निर्देशन र कोरियोग्राफीमा राम केसीको छायाङ्कन रहेको उक्त गीत रेभान्स म्युजिक (Revansh Music) युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गुल्मीको वामीमा जन्मी हुर्की लामो समयदेखि सिंगापुरलाई कर्मथलो बनाउँदै आउनुभएका खरालका यस अघि अभागी आमा, प्यारो मुसिकोट, करङ खोलीमा, रस जोवन, हिउँचुली हेरी हेरी, मेची महाकाली, आमा तिम्रो तस्वीर दैलामा लगायत थुप्रै गीतले दर्शक तथा श्रोताको माया बटुलिसकेका छन्। बाध्यताले विदेशिए पनि नेपाली मौलिक लोकसंस्कृति प्रतिको मायाका कारण नै उहाँले नेपाली लोक संगीतको क्षेत्रमा योगदान पुर्याउदै आउनुभएको छ।

आउनुहोस्, हेरौँ उक्त गीतको म्युजिक भिडियो:

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो