Place for ads

Awareness

मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई



ओझेलका खबर संवाददाता
६ महिना अगाडि


Place for ads

अनिष पन्थी, गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा प्रथम मदाने कंकेदेउराली जनप्रिय पुर्कोटदह कृषि पर्यटन व्यापार सांस्कृतिक खेलकुद महोत्सव २०८० मा संचालन भएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ । महोत्सवको छैठौं दिन भलिबल प्रतियोगिताका फाइनल खेल सम्पन्न भएका हुन ।

जनसेवाका लागि जनप्रिय युवा क्लब पुर्कोटदहको १७ औं वार्षिकोत्सबसँगै आयोजना गरिएको महोत्सवमा पुरुष र महिला खुल्ला वडास्तरिय भलिबल प्रतियोगिता संचालन गरिएको थियो । पुरुष भलिबल प्रतियोगिता तर्फ सहभागी भएका १८ टिमलाई पछाडी पार्दै मदाने गाउँपालिका १ अग्लुङ्गको द सनराईज युथ क्लब विजयी भएको छ ।

Get Vaccinated

विजयी सँगै आयोजकले नगद रु ३० हजार, मायाको चिनो, प्रमाणपत्र सहित रनिङ कप प्रदान गरेको छ । यस्तै पुरुष भलिबल तर्फ उपविजेता मदाने गाउँपालिका ५ मलागिरीको श्री सत्यसाही युवा क्लब बनि पुरस्कार प्राप्त गरेको छ । पुरुष भलिबल तर्फ छिमेकी जिल्ला बाग्लुङ्ग, छिमेकी गाउँपालिका इस्मा, धुर्कोट लगायतबाट सहभागी थियो।

यस्तै महिला भलिबल तर्फको उपाधि इस्मा गाउँपालिकाले जितेको छ भने उपबिजेता श्री जनप्रिय युवा क्लब बन्न सफल भएको छ । महोत्सवका प्रमेख अतिथि मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले पुरस्कार प्रदान गरेका थिए । ७ दिने महोत्सव मदाने गाउँपालिका ६ पुर्कोटदह स्थित थामपोखरी खेल मैदान चामागाउँ मा संचालन भएको हो।

सामाजिक, साँस्कृतिक सम्पदा संरक्षण हाम्रो हात, युवा तथा देश विकास गतिशिलतामा हाम्रो साथ भन्ने नारा सहित जनप्रिय युवा क्लब आयोजनामा सो महोत्सव संचालन हुन भएको हो।

महोत्सवको संरक्षकमा मदाने गाउँकार्यपालिकाको कार्यालय, पुर्कोटदह र व्यवस्थापकमा एम.एम.बि.के.एस इनभेष्ट एन्ड बहुउद्देश्य प्रा. लि रहेको जनप्रिय युवा क्लबले जनाएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहेको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो