Hi-Speed Computer

Awareness Campaign

ग्वादिका चौर-सपनाको रंगशाला: पुर्व मेयर सापकोटा



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाका पुर्व मेयर सोमनाथ सापकोटाले ग्वादिकाचौर खेल मैदान आफु र पुर्ववर्ति मुसिकोट नगरपालिकाका जनप्रतिनिधिहरुको सपनाको रंगशाला भएको उद्घोष गरेका छन।

हिजो मुसिकोट नगरपालिकाले आयोजना गरेको प्रथम मेयर रनिङ्ग कप समापन समारोहलाई सम्बोधन गर्दै सापकोले पटक पटक भने हामीले ( पुर्ववर्ति सरकारले ) मुसिकोट नगरपालिकाका ९ वटा गौरवका योजना मध्ये ग्वालीचौरलाई पनि राखेका थियौ । त्यसका लागि केन्द्र सम्म धाएर २५ करोडको डिपिआर गरेका थियौ त्यस मध्ये जम्मा तिन करोडको मात्रै काम भएको छ , त्यो भन्दा बढि हुन सकेन , तपाईंहरुको ध्यान जाओस ।

उनले बर्तमान जनप्रतिनिधिहरु सङ्ग ग्वादिकाचौरलाई रंगशालामा परिणत गर्ने आफुहरुको सपनालाई पुरा गराउन पटक पट्क आग्रह गरेका थिए ।
सापकोटाले जिम्मेवारी सम्हाल्दा त्यस पालिकामा खानेपानीको हाहकार थियो । धेरै घरधुरी अध्यारोमा बस्न बाध्य धिए । उनले पहिलो काम सय दिन भित्र उज्यालो नगरपालिका घोषणा गर्ने गरे । लगत्तै दर्जनौ खानेपानी योजना पारेर जिम्मेवारी बाट बाहिरिने बेला मुसिकोटका ८५ प्रतिशत घरधुरीमा एक घर एक धारा कार्यक्रम सफल पारेका थिए । त्यस्तै बर्षयौ देखि अलपत्र परेको रुद्रवेणि वामिटक्सार सडक पिच गराउने कार्यको पनि थालनी गरेका थिए ।

Forest
Forest
Ad.

उनले सुरु गरेको मुसिकोट रिङ्गरोड सडक भने अलपत्र देखिन्छ । मुसिकोट दरबार सहित धार्मिक क्षेत्रको संरक्षणमा अलि बढि नै खर्च गरेको भन्दै उनको आलोचना गर्नेहरु पनि छ्न तर मुसिकोटको नयाँ बिकासको जग राख्ने जनप्रतिनिधिका रुपमा हिजो कार्गक्रममा पुग्ने बुद्धिजीवीहरुले उनको चर्चा गरे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →