Clean Water Campaign

Awareness Campaign

प्रथम मुसिकोट मेयर कप: बागलुङको धमाका, गल्कोटले लग्यो कप



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: चार दिन अघि देखि गुल्मीको एक पालिकामा चलेको मेयर रनिङ्ग कप प्रतियोगितामा बाग्लुङका खेलाडीहरुले धमाका मच्चाददै उनिहरुले नै मेयर कप जितेर लगेका छन। मुसिकोट नगरपालिकाले आयोजना गरेको प्रथम मेयर रनिङ्ग कप प्रतियोगिताको विजेता र उपविजेता बागलुङ कै दुई पालिका बनेका हुन।

अन्तिम सम्म ति पालिका बिच कडा टक्कर पर्यो तर गल्कोटले अन्तिममा जित हासिल गर्यो । उता दिल सुनार र रवि केसि सहभागी भएको निसिखोला गाउँपालिकाको टिम भने उप बिजेता मै चित्त बुझाइनु पर्यो ।

पाचौ पटक सम्म भएको खेलमा निसिखोलाले पहिलो गेम जितेर हौसिएको थियो । त्यस पछि आक्रमण बनेका गल्कोटे खेलाडी हरुले लगातार दुई खेल जिते । चौथो खेलमा फेरि निसिखोलाले जित हाता पार्यो ।

सिंचाई
Forest
Ad.

अन्तत पाचौं खेलमा निसिखोलाले ८ नम्बर ल्याउदा गल्कोटले १५ नम्बर लिएर बिजयि घोषणा गरिएको थियो। निकै घम्साघम्सी खेलमा दुबै तर्फका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेर दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएका थिए।

हुटिङ्ग गर्ने दर्शक दुबै टिमका बराबरि देखिन्थे । निर्णय खेलको सुरुमा निसिखोलाले नम्बर ३ लिदा गल्कोटले ८ नम्बर लिएर उकालो लाग्दा उनिहरुका समर्थकहरुको मनोबल बढ्दै थियो ।

क्रमशः उकालो चड्दै गरेका गल्कोटे खेलाडीहरुले जित हाता पारेरै छाडे।

Awareness by SKF

सेमिफाइनल खेलमा घरेलु टिम मुसिकोट नगरपालिका टिमलाई हराउदै निसिखोला फाइनलमा पुगेको थियो । त्यस्तै बाग्लुङ कै तमानखोला गाउँपालिकाको टिमलाई हराउँदै गल्कोट फाईनलमा पुगेको थियो । यस खेलमा जम्मा १० टिम सहभागी थिए । प्रथम नगद पुरस्कार एक लाख ५० हजार र दोस्रो एक लाख राशीको भएकोले पनि खेल प्रेमीहरुले रोचक ढंगले लिएका थिए।

त्यस अघि औपचारिक कार्यक्रममा मुसिकोट नगरपालिका उप मेयर गङा श्रेष्ठ , पुर्व मेयर सोमनाथ सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि नगर प्रमुख जिवलाल खरेल जीवनले मेयर नगद पुरस्कार , सिल्ड कप, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

जम्मा १० टिम सहभागी खुल्ला पुरुष पालिका स्तरिय प्रतिस्पर्धाबाट घरेलु टिम मुसिकोट सेमिफाइनल बाट बाहिरिनु परेको थियो भने बाग्लुङको तमानखोला पनि सेमिफाइनल बाटै बाहिरिएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →