Awareness Campaign

वामी मैदान मौलिक सोरठी संरक्षण अभियानको नयाँ सोरठीको छायांकन सम्पन्न



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: विश्वभरबाट मौलिक संस्कृति प्रेमी महानुभावहरुको सहयोगमा लोक गायक कमल बराल र भाइरल आरने दाई विर बहादुर विश्वकर्मको सोरठी एल्बम निर्माणको चरणमा रहेको छ।

वरिष्ठ संगीतकार बिबी अनुरागीको एरेन्जमा प्रिज्मा डिजिटल रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको अडियोमा वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समिति (WWCF-९CC) परिवारका वरिष्ठ सल्लाहकार मौलिक संस्कृतिविद राम केसीको प्रत्यक्ष सहभागिता रहेको थियो। भिडियो छिट्टै युट्युब मार्फत सार्वजनिक गरिने बताइएको छ।

Forest
Forest
Ad.

स्वरमा बिर बहादुर विश्वकर्मा, कमल बराल, राम केसी, सुनिता विश्वकर्मा र प्रतिमा विश्वकर्माले गाउनु भएको हो। लोक श्रजक हेमनाथ खराल भन्छन, “यो ऐतिहासिक सोरठीले परदेशीको मर्कालाई गीत मार्फत व्यक्त गरेको मात्र छैन, यसले मौरात सभ्यताको झल्को दिने गरी लोपोन्मुख अवस्थामा रहेको सोरठीको संरक्षण समेत गरेको छ।”

यस सोरठी निर्माणका परिकल्पनाकार समेत रहेका प्रकाश बराल लेख्नुहुन्छ, “हाम्रो मौलिक परम्परा, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सञ्चालित देउसी भैलो सोरठी गीतको म्युजिक भिडियो निर्माण गर्ने अभिप्रायले हाम्रो नगरपालिका मुसिकोट नगरपालिका-८, वामी मैदानको पुरानो भैलो गीत सरक्षणमा जुट्न प्रयासरत छौँ। यो कार्यक्रमा हजुरको पनि केही न केही सहयोग तथा मुलतः मौलिक लोक संस्कृतिप्रेमी महानुभावबाट सहयोग जुट्ने आशा राखेका छौँ।”

हालसम्म सहयोग गर्ने सहयोगदाताहरुको नामावली निम्नानुसार रहेको छ:
१. वामी-विश्व सम्पर्क मञ्च (WWCF) का अध्यक्ष प्रा.डा. इश्वरी पान्डेय, वामी गुल्मी, हाल अमेरिकाबाट रु. १०,०००/-
२.जापान सेवा समितिका सल्लाहकार श्री रामलाल सापकोटा, वामी मैदान, काउलबोटबाट रु. १०,०००/-
३. वामी सेवा समिति, जापानका संस्थापक अध्यक्ष सुरेश के.सी., वामी मैदान हाल काठमाडौँबाट ‌रु. १०,०००/-
४. वामी सेवा समिति, जापानका महासचिव श्री गोकुल खत्री, वामी मैदानबाट रु. १०,०००/-
५. चेतनारायण पाण्डे, वामी मैदान, जापानबाट रु. १०,०००/-

Awareness by SKF

६. वामी सेवा समिति, जापानका अध्यक्ष किसान सापकोटा, वामी टक्सारबाट रु. १०,०००/-
७. वामी सेवा समिति, जापानका कोषाध्यक्ष होमलाल सापकोटा, वामी मैदान, काउलबोट, हाल वामी टक्सारबाट रु. १०,०००/-
६. किशोर खत्री, वामी मैदान, हाल जापानबाट रु. १०,०००/-
७. किस्मत वि.क. (बुढाघरे), वामी मैदान, जापानबाट रु. ५,०००/-
८. ऋषि खरेल, मुसिकोट नगरपालिका- ७, सेराबाट रु. ५,०००/-
९. गणेश बोहरा, वामी दाल्का, हाल दुबईबाट रु. ३,२००/-
१०. दुर्गेश बराल, वामी मैदान, हाल दोहा कतारबाट रु, २,५०५/-

११. पुरन सुनार, वामी मैदान माईकाथान, हाल रोमनियाबाट रु. ३,२०५/-
१२. युवराज विश्वकर्मा, वामी मैदान, हाल नेपाल प्रहरीमा कार्यरतबाट ४,०००/-
१३. ज्ञानु परियार, वामी मैदान, दुबईबाट रु. ३,२०५/-
१४. दिपक सापकोटा, वामी भयर्थुङ, हाल कोरियाबाट रु. २,१०५/-

बराल भन्नुहुन्छ, “देश विदेश देखि आफनो जन्मभूमीको मायालाई साँची राखेर कला संस्कृतिको उत्थानमा जुट्नु भएकोमा हजुरहरुलाई हृदयको गहिराइदेखि धन्यवाद साथै आउदै गरेको शुभ दिपावाली पर्वले तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, समृद्धि, अमन चयनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। साथै हजुरले यस कार्यमा तन, मन, धनले सहयोग गरे बापत भिडियोको एल्बममा हजुरको वा हजुरले ईच्छाएको घर परिवार सदस्य व्यक्तिहरुको नाम र फोटाे भिडियोमा राख्ने छौँ।”

साथै यस अभियानमा हातेमालो गर्दै सहयोगको गर्न चाहनुहुन्छ भने कमल बराललाई 9769821247 मा सम्पर्क गर्न सक्नुहुनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो