Hi-Speed Computer

Awareness Campaign

गुल्मी मुसिकोटमा प्रथम मेयर कप सुरु



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बुधबार देखि गुल्मीको मुसिकोट नगरपालोकामा प्रथम मेयर रनिङ कप २०८० को अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले उद्घाटन गर्नु भएको हो।

उद्घाटन सत्रमा नाचगान सहित भव्य मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।

मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र पछि उद्घाटन खेल रेसुङ्गा नगरपालिका र घरेलु टिम मुसिकोट नगरपालिका बिच भएको थियो।

Forest
Forest
Ad.

जिल्ला बाहिरका समेत प्रतियोगितामा १० टिम दर्ता भएको मेयर खरेलका स्वकीय सचिव सुरज भट्टराईले जानकारी दिए।

एक लाख ५० हजार प्रथम पुरस्कार रहेको यो प्रतियोगितालाई जिल्लावासीले निकै रोचक ढङ्गले हेरिरहेका छन भने त्यस नगरपालिकाले ऐतिहासिक र गौरवमय खेलका रुपमा लिएको छ। दोश्रो पुरस्कार राशि एक लाख रहेको छ। तेस्रो पुरस्कार राखिएको छैन।

कार्यक्रममा पुर्व मेयर सोमनाथ सापकोटा, वर्तमान उपमेयर गङ्गा श्रेष्ठ, जिल्ला समन्वय सदस्य सावित्रा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवर लगायतको विशेष आतिथ्यता रहेको थियो। मेयर रनिङ्ग कपको फाईनल खेल कार्तिक २४ गते हुनेछ। त्यस पालिकाको रंगशाला मानिएको ग्वालीकाचौर खेल मैदानमा प्रतियोगिता सुरु भएको हो। त्यस खेल मैदान जिल्लाकै ठुलो मानिन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →