Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा पहिलो पटक वितरण गरियो गैर आवासीय नेपाली नागरिकता (भिडियो सहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


       

Awareness

Place for ads

जगदिश भट्टराई, गुल्मी: गुल्मीमा पहिलो पटक गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार पहिलो पटक रेसुङ्गा नगरपालिका-१, भिमचोकका भीष्म मरासिनीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो।

मरासिनीलाई प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जिल्लामा पहिलो गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । विगत २० वर्षदेखि अमेरिकामा बस्दै आएका मरासिनीले अमेरिकी नागरिकता लिएका थिए । उनी अमेरिकाको टेक्सासमा बस्दै आएका छन् । मरासिनीले नेपालको संविधानमा भएको व्यवस्था अनुसार कार्तिक १७ गते नेपाली नागरिकता त्याग गरेपछि नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) बमोजिम नागरिकता पाएका हुन् । उपल्लो तम्घास निवासी भीमलाल मरासिनी र आमा एककलाका छोरा भीष्मले दुई दशक पछि गैर आवासीय नेपाली नागरिकताका लागि आवेदन दिएका थिए ।

भीष्मले जिल्ला सदरमूकाम तम्घासको विकासमा चासो दिने उद्यमी युवा हुन् । अमेरिकामा बसे पनि पुनः कुनै न कुनै उद्योग स्वदेशमा गर्ने उद्देश्यले गैरआवासीय नेपाली नागरिकता लिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको हातबाट जिल्लामै पहिलो गैरआवासीय नागरिकता प्राप्त गरेकोमा आफु उत्साहित भएको मरासिनीले बताए । नेपाल नागरिकता नियमावली, २०८० जारी भएसँगै मरासिनीलाई गैर आवासीय नेपालीलाई नागरिकतको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।

सिंचाई
Forest
Ad.

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था लागू भएको छ । गृह मन्त्रालयले असोज ४ गते राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार सो व्यवस्था कायम भएको हो । पछिल्लो प्रकाशित राजपत्रमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र र विदेशी बुवाको हकमा नेपाली आमाको सन्तानलाई अंगिकृत नागरिकता उपलब्ध गराउने मुख्य दुई विषय रहेका छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो