Awareness

गुल्मीको रुरुक्षेत्रमा गाउँपालिकाबाट उपलब्ध हुने सेवा वडाबाटै



ओझेलका खबर संवाददाता
४ हप्ता अगाडि


Place for ads

सुमन महतारा, गुल्मी: गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाउँपालिकाबाट उपलब्ध हुने विभिन्न सेवाहरुलाइ वडा बाटै उपलब्ध गराएको छ। गाउँपालिकाले कार्तिक १५ गतेदेखि २० गतेसम्म गाउँपालिकाका ६ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरेर गाउँपालिकाबाट उपलब्ध हुने सेवाहरुलाइ वडा तहमै पुगेर उपलब्ध गराइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

उनले याे समय याेजना सम्झौता लगाएत खेतीपातीमा व्यस्त हुने समय भएकाले सामान्य याेजना सम्झौता लगाएतका कामका लागि नागरिकलाई गाउँपालिका दुख्ख नहाेस भन्ने हेतुले वडामै पुगेर सेवा उपलब्ध गराएको बताए ।गाउँपालिकाले उपभोक्ता समितिकाे पदाधिकारीहरुकाे अनुशिक्षण ६ वटै वडामा ३२४ गरेको छ ।

Get Vaccinated

याेजना सम्झौता ६९ वटा भएका छन्। ज्येष्ठ नागरिक परिचयपत्र वितरण १८२ ,माटो परिक्षणकाे लागि नमुना संकलन १६,कृषि परामर्श ७१,पशु औषधि बितरण र परामर्श १८२,आयर्वेद स्वास्थ परिक्षण र औषधि वितरण २५०,व्यावसाय दर्ता ३,व्यावसाय नविकरण १३ र राजस्वा संकलन बीस हजार छ सय गरि १४ सय सात प्रकारका सेवाहरु उपलब्ध गराइएको गाउँपालिकाले बताएको छ ।

नागरिकको सहजताका लागि गाउँपालिकाबाट उपलब्ध हुने सेवाहरु वडाहरुमै लिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । उनले सधैं नागरिक मुखि काम गर्ने पनि जानकारी दिएका छन् । गाउँपालिकाले ६ दिन सम्म सञ्चालन गरेकाे शिविरमा उल्लेखनीय रुपमा नागरिकको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो