Awareness

Dhurkot

मनिषा मृत्यु प्रकरणः बलात्कार पछि हत्या भएको प्रहरी निष्कर्ष



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

केहि दिन अघि गुल्मीको शान्तिपुर बजारमा १५ बर्षीया किशोरी मनिषा रुचालको बलात्कार पछि हत्या गरिएको घटनामा संलग्न एक जनालाई गुल्मी प्रहरीले पक्राउ गरी अदालतमा पेश गर्दै पाँच दिन म्याद थप गराई अनुसन्धान अगाडी बढाएको छ। यहि कार्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिकाؘ-४, शान्तिपुर स्थित हुग्दीखोलामा नग्न अवस्थामा मृत फेला परेकी मनिषाको बलात्कार पछि हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी गुल्मी जिल्ला अदालतमा ५ दिन म्याद थप गरेको हो।

Snow
Forest
Mountains

मृतककी आमा धनमाया साकीको किटानी जाहेरमा बाँके जिल्लाको खजुरा गाउँपालिका-७ का २३ बर्षीय रहिस खाँ पक्राउ परेका हुन। उनी गत पाँच महिना देखि शान्तिपुरमा बस्दै आएका थिए। उनि विरुद्ध अदालतमा मनिषाको ज्यान सम्बन्धी कशुर र करणी विरुद्धको मुद्धामा पाँच दिनको म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी नविन किशोर प्रधानले संचारकर्मीहरुलाई जानकारी दिनु भएको छ।

त्यस दिन खेतमा काम गर्ने खेतलाहरुलाई सुर्ति किन्न पारी श्रीलंकाटोलकी शान्ति थापाको पसलमा सुर्ती किनेर फर्किएकी मनिषालाई खाँले फकाएर बोलउँदै भित्र लगेर कुकर्म गर्न लाग्दा उनले प्रतिवाद गर्ने क्रममा उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। प्रहरीले यस घटना जानकारीमा आएको १२ घण्टा नबित्दै मनिषा बलात्कार पछि हत्या घटनामा संलग्नलाई पहिचान गर्न सफल भएकोमा स्थानीय समाजसेवहरु गुल्मी प्रहरीको उच्च प्रशंसा गरिरहेका छन। अहिलेलाई उनि एक जना मात्र देखिएको र अरु पनि संलगन छ नि कि भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अब हामी शान्तिपुरका समाजसेवी तथा जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्री प्रहरी प्रमुख सहितका सकल प्रहरीलाई उच्च प्रशंसा गरे।

घटनास्थल रहेको घर भत्काउनु पर्ने माग राख्दै र घटनामा संलग्नलाई कडा भन्दा कडा कार्वाहीको माग राख्दै शान्तिपुरमा आईतबार पनि विरोध प्रदर्शन गरे स्थानीयवासीले। चन्द्रकोट गाउँपालिका कार्यालय सम्म विरोध प्रदर्शन गरियो।

मनिषाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो र सोमबार शान्तिपुर ल्याई चन्द्रकोटबासीले मनिषाको शवलाई बजार परिक्रममा गरी अन्त्येष्टी गरेका छन। मृतकका आफन्तजनले राखेका केहि मागहरुका बिषयमा स्थानीय बिच यस्तो सहमति भएको स्थानीय अगुवालेहरुले बताए।

यो पनि: शान्तिपुर मनिषा मृत्यु प्रकरणः मुस्लिम धर्मगुरु प्रहरीको निगरानीमा (भिडियो सहित)

यस घटनामा चन्द्रकोट गाउँपालिकाका सबै जनप्रतिनिधीहरुले पनि निकै सह्राहनिय भुमिका खेले । त्यहाँका सर्वसाधरणहरुको समेतको भुमिका समेत त्यति कै प्रशंसनिय रह्यो । अपराधिको कुनै धर्म, जात र पेशा केहि हुँदै अपराधी केवल अपराधी हुन्छ भन्ने सन्देश पनि त्यहाँका बासीन्दाले दिएका छन ।

Awareness by SKF

त्यस्तै त्यहाँ स्थित चन्द्रकोट दलित उत्थान समाजले खेलेको भुमिका पनि सह्रानिय रह्यो । यस घटनामा मात्र होईन अन्य घटना र जिम्मेवारी कुशलता पुर्वक निभाउनमा चन्द्रकोट ईलाका प्रहरी कार्यालय ईन्चाज प्रहरी सहायक निरीक्षक रामविलास यादवको जिल्लाबाट पुग्नु भएका प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले निकै प्रशंसा गर्दैै हुनुहुन्थ्यो । अनुसन्धानका लागि खटिएका प्रहरी निरीक्षक किरण सापकोटा, अनुसन्धानका प्रहरी नायव निरीक्षक सुनिलजंग शाह, हवल्दार बिरेन्द्र श्रेष्ठ सहित पुगेका सबै प्रहरीको अनुसन्धानको खटनपटन देख्दा सेल्युट मार्ने खालको थियो ।

सदरमुकामबाट विहान साढे ९ बजे हिडेका प्रहरी मध्ये हामीले बाटोमा फेला पार्द अनुसन्धामा हिड्दा कहिलेकाँही खान नपार चाउचाउ खाएर हिडने गरेको सुनाउँदै थिए । प्रहरी जाँदै गरेको गाडी एक ठाउँ रोकिएको थियो । हामीले पनि हाम्रो सवारी साधन रोकेर धुलाम्मे उनिहरुको अवस्था क्यामसामा कैद गरेका थियौँ।

त्यस दिन प्रहरीले दुई बजे खान खाएको थियो । त्यस रातैभर प्रहरी सुतेनन । रात करिव आठ घण्टा लगार सिसीटिभीको आफुले अध्यान गरेर नसुतेको प्रहरी प्रम्ुख प्रधानले अर्को दिन बताउँदै हुनुहुन्थ्यो । चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले पनि गुल्मी प्रहरीले खुलेर प्रशंसा गरे । एसपी प्रधान २०७९ माग २५ गते जिल्ला प्रहरी प्रम्ुखको जिम्मेवारी सम्हाल्न आउनु भएको हो । जुन बेला मुसिकोट नगरपालिका ७ दरमखोला नजिकै एउटी एकल महिलाका विभत्स हत्या घटनामा संलग्नहरुलाई झण्डै दुईसाता सम्म पनि पक्राउ गर्न सकिएको थिएन । आएको दोश्रो ादिन एसपी प्रधान खटेको एक हप्ता मै हत्या अभियुृक्त पुर्व पश्चिम विभिन्न जिल्लाबाट पक्राउ पर्न सुरु गरेका थिए ।

त्यस यता गुल्मीमा भएको कुनै पनि अपराधको घटनामा संलग्नहरु बच्न सकेको पाईएको छैन । राम्रो कामलाई राम्रै भन्नु पर्छ , अहिलेका प्रहरी प्रम्ुख एसपी, डिएसपी डिल्लीनारायण पाण्डे सहितको प्रहरी बल सशक्त देखिएको छ । यस अबधीमा ६१ जना भन्दा बढि फरार अभियुक्त समेत पक्राउ परेका छन। यहाँको मात्रै कुरा नगरौं नेपाल प्रहरीका सिंगो संगठनलाई अझ स्वतन्त्र भएर काम गर्न दिए एशियामा अझ अब्बल प्रहरी बन्न उसलाई आईतबार कुर्न पर्ने छैन।

यस घटनामा अन्दोलन चर्किन थाले पछि डिएसपी पाण्डे र उता शशस्त्र प्रहरी बलका गुल्मपति डिएसपी संजिव कार्कीको नेतृत्वमा प्रहरी र सशस्त्र प्रहरीठुलो संख्यामा तैनाथ छन । यो रिर्पोट तयार पार्ने बला सम्म कुनै अप्रिय घटना हुन पाएको छैन । घटनामा संलगन ति पुरुषकी श्रीमति २० दिन अघि सम्म शान्तिपुर रहेर घर गएको बुझीएको छ।

मनिषाको बाबुको घर बाग्लुङ्गा नयाँबजार हो । त्यस गाउँका जनताहरु पनि मनिषाको बलात्कार पछि हत्या घटना बिरुद्ध शशक्तढंगले उभिए । मनिषा शान्तिपुरको उदय मावि कक्षा ९ की छात्रा थिईन । कपडडी खेल र भलिबल खेलाडी उनी निकै बलियो ह्ष्टिपुष्ट भएकोले पनि ति पुरुष संग धेरैबेर सशक्त प्रतिवाद गरिरहेकै बेला ति पुरुषले ज्यान लिएको अनुसन्धानमा खटिएको प्रहरी श्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →