Awareness

Musikot Mahotsav

शान्तिपुर मनिषा मृत्यु प्रकरणः मुस्लिम धर्मगुरु प्रहरीको निगरानीमा (भिडियो सहित)



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी: शुक्रबार बिहान गुल्मीको चन्द्रकोट गाउँपालिका-४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको मृत्यु घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले शान्तिपुरस्थित मुस्लिमहरुका एकजना धर्मगुरु माथि निगरानी बढाएको छ।

Forest
Forest
Ad.

शान्तिपुर बजारमा रहेको मद्रासा गुल्सानी मदीनाका कुरान प्रशिक्षक (धर्म गुरु) रहिस खान प्रहरीको निगरानीमा परेका हुन। उनी सहित त्यहाँका केहि मानिसलाई प्रहरीले अघिल्लो दिन नै सोधपुछका लागि प्रहरीले शान्तिपुर ईलाका प्रहरी कार्यालयको हिरासतमा लिएको थियो।

उनलाई प्रहरीले हिरासतमा मात्रै लिएको छैन, मदरसा समेत शनिबार शिल्ड गरेको छ। बिहिवार दिउँसो करिब ११ बजेतिर शान्तिपुरको श्रीलंका टोलमा आमा सहित डेरा गरी बस्ने मनिषा घर नजिकैको खेतमा धान झाँट्ने काममा गएकी थिईन। त्यही ठाउँबाट उनकी आमा बाटुुले भन्ने धनमायाले खेतलाहरुलाई सुर्ति किन्न पठाए पछि उनी वारी श्रीलंका टोलकी शान्ति थापाको घरमा सुर्ति किनेर फर्केकी थिईन।

यो पनि: गुल्मीको शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कारपछि हत्याको आशंका (भिडियो सहित)

थापाले भनिन –‘सुर्ति किनेर उति बेलै फर्केकी हुन । ’ उनी फर्केको ठाउँ देखि त्यस मद्रासा सम्म उनि पुगेको सिसिटिभीबाट प्रहरीले पत्ता लगाएको जनाएकोृ छ े । त्यस पछि उनको अबस्था अज्ञात बनेको थियो । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमु्ख एसपी नविनकिशोर प्रधान र प्रहरी निरीक्षक किरान सापकोटा सहितको टोली शान्तिपुर मै खटेको छ ।

अधिकारकर्मीको एक टोली शान्तिपुर ईलाका प्रहरी कार्यालयमा पुगेका थिए । उनिहरु संग प्रहरी प्रम्ुख प्रधानले यस्तो बताएका थिए–‘ आफु राती आठ घण्टा सम्म नसुतेर सिसिटिभी फुटेज हेरको र श्रीलंका टोलकी शान्ति थापाको घर देखि पुल नजिकको मद्रासा सम्म मनिषा आएको देखिएको त्यस पछि उनको अबस्था अज्ञात रहेको बताएका थिए । तपाईहरु चिन्ता नगर्नुस हामी खट्नु खेटेका छौं र अनुसन्धानको करिव नजिक नजिक पुगेका छौं तर यति दिन नभनौं टुङ्गोमा पु्ग्न केहि दिन लाग्न सक्छ । ’

त्यसको केहि घण्टा पछि प्रहरी त्यस मद्रासामा पुगेर चारैतिर शिल्ड गर्दै र ढोकाहरु समेत बन्द गर्दै अनुसन्धान सुरु गरेको थियो । मद्रासाको ठिक अगाडी पटक पटक हुग्दीखोला किनार तर्फ ईङ्गित गर्दै प्रहरीले समातेका खान संग केरकार गरिरहेका थिए । मद्रासाको अगाडी देखि उत्तर तर्फ खोलाको दुई ढुङ्गा पछाडीको बगरमा फिताले दुरी नापिरहेका थिए । जुुन सुख्खा बगरबाट केहि सामग्री समेत प्रहरीले बरामद् गरिरहेका थिए । मद्रासाको ठिक अगाडीको खोला किनारबाट पनि प्रहरीले विभिन्न शंकास्पद वस्तु उठाएको थियो ।

Awareness by SKF

प्रहरीले चन्द्रकोट गाउँपालिका–४ का वडाध्यक्ष बलबहादुर बस्नेतलाई पनि रोहबरमा राखेर अनुसन्धान गरिरहेको थियो । केहि बेरपछि त्यस स्थानमा गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीलाई पनि बोलाईयो । प्रहरी प्रमु्ख प्रधानले उपाध्यक्ष भण्डारी संग घटनाको ब्रिफिङ्ग गरिरहेको देखिन्थ्यो । मनिषाले किनेको दुई वटा सुर्तिका पोका मद्रासा नजिकै भेटिएको वडाध्यक्ष बस्नेतले बताए । प्रहरीले भने पछिल्लो प्रतिकृया दिएको छैन । मनिषा उदय मावि कक्षा ९ मा पढ्दै थिईन । उनि त्यस दिन हाफपाईन्ट र माथी पहेलो टिर्शट लगाएर गएकी थिईन। तर शव फेला पर्दा उनको तल्लो पेट र माथी घाँटी देखि तल निर्बस्त्र भेटिएकी थिईन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →