Clean Water Campaign

Awareness Campaign

इस्माका जनप्रतिनिधि पाेषण सामाग्री लिएर सुत्केरीको घरै पुग्छन्



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सुमन महतारा, गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाका जनप्रतिनिधि सुत्केरीलाई काेसेलि स्वरुप पाेषण सामाग्री लिएर घरमै पुग्ने गरेका छन् ।

इस्मा गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम नै बनाएर प्रतेक सुत्केरीलाई काेसेलि स्वरुप २५ सय रुपैयाँ बराबरको पाेषण सामाग्री दिने कार्यक्रम लिएको थियो ।

गाउँपालिकाले प्रत्येक सुत्केरीलाई २५ सय बराबरको एक क्यारेट अण्डा, १ केजि फलफूल ,१ लिटर शुद्ध तोरीको तेल,१ माना घ्यु,१ बट्टा हर्लिक्स,डिटोल सावुन सागपात लगाएत पाेषण सामाग्री बितरण गरिदै आएको छ ।

Forest
Forest
Ad.

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले प्रतेक गर्भवती महिलाले नियमित रुपमा चेकजाँच गर्ने र पाैषटिक आहार खाना उनले आग्रह गरेका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले सुत्केरी महिलाको लागि पर्याप्त आरम एवं पोषिलो खानपान जरुरी हुन्छ र सुत्केरी अवस्थामा मासु, दुध, अण्डा, फलफूल वा झोलिलो पदार्थ सेवन गराउनुपर्ने हुन्छ । आमाको दुधबाट शिशुले पनि सम्पूर्ण आहार लिने भएकाले सुत्केरीलाई उचित स्यहारसुसार नपुगेको अवस्थामा आमा र शिशु दुवैको स्वास्थ्य कमजोर हुनसक्छ भन्ने पाइयो गाउँपालिकाका केही क्षेत्रमा पाेषणका कमिले बच्चाहरु लुला,कमजोर र केहिमा कुपोषण पनि देखिएकाले सुत्केरी समयमा पाेषणकाे कमि हुन नदिनकाे लागि सुत्केरीको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिन जनप्रतिनिधि सहित स्वास्थ्यकर्मी काेसेलि स्वरुप पाेषण सामाग्री लिने कार्यक्रम लिएको उनले बताइन् ।

त्यस्तै गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले सुत्केरी अवस्थाका दिदिबहिनीको स्वास्थ्यलाई मध्ये नजर गरि वार्षिक नीति तथा कार्यक्रम मार्फत बजेटको प्रवन्ध गरि सुत्केरी पोषण कार्यक्रम सन्चालन गरेकाे बताए। उनले यस कार्यक्रम मार्फत हाल सम्म २० जना भन्दा धेरै सुत्केरी लाभान्वित हुनुभएको छ र कार्यक्रम वर्षै भर चलिरहने जानकारी दिए।

उनले आजका शिशु भोलि हाम्रो ठाउँका कर्णधार हुन भोलिका लागि स्वस्थ्य नागरिक तयारीका लागि पनि सुत्केरी आमा मार्फत शिशुको स्वास्थ्यमा ख्याल पुर्याउनु पर्छ भन्ने हेतुका साथ सुत्केरी भेटघाट कार्यक्रम मार्फत पोषणका सामग्री हस्तान्तरण मात्रै होइन,पारिवारिक रुपमा विपन्न विचलित तथा अत्यन्तै न्यून आर्थिक अवस्थाका सुत्केरीलाई विशेष सहयोग समेत प्रदान गर्ने उनले बताए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो