Hi-Speed Computer

Awareness Campaign

गुल्मीको शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कारपछि हत्याको आशंका (भिडियो सहित)



प्रेम सुनार
२ वर्ष अगाडि


       

Awareness

Place for ads

गुल्मी: शुक्रबार गुल्मीको शान्तिपुरस्थित हुग्दीखोलाको बिच भागको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी १५ वर्षीया किशोरी मनिषा रुचालको मृत्यु घटनालाई परिवारजनले बलात्कारपछि हत्या भएको आशंका गरेका छन्।

चन्द्रकोट गाउँपालिका–४ डाँडावन माईती घर भएकी धनमाया रुचालकी छोरी मनिषा आमासहित शान्तिपुरको श्रीलंकाटोलमा डेरामा बस्दै शान्तिपुरको उदय मावि कक्षा ९ मा पढ्दै आएकी थिईन् ।

विहिबार विहानै देखि घरदेखि पारी पट्टि खेतमा आमासहित धान झाँट्ने काम गर्न गएकी थिईन । साथमा सातआठ जना पुरुष पनि रहेको बताईन्छ । काम गर्ने थलोबाट खेतलालाई सुर्ति किन्न भनि पसल हिडेकी दिउँसो करिब साढे ११ बजेदेखि अज्ञात देखिन्छ । आमा धनमायाँ भन्छिन –‘दिउँसो त्यस्तै ११ बजेतिर काम गर्ने मान्छेलाई सुर्ति किन्न भनि पठाएँकी थिएँ तर फर्केर आईन । धेरै बेर नआए पछि कोठा नजिकैका मानिसहरुलाई फोन गरेर पनि सोधे । देखेनौं भने, पसलमा सोध्दा सुर्ति किनेर लगेर गएको भन्ने सुने । उ पक्कै पोईला गई भन्ने ठानेर राती कतै खोज्न गईन ।’

Forest
Forest
Ad.

अहिले विहान खोलामा यस्तो अवस्थामा देख्नु पर्यो । उनले छोरीलाई कसैले बलात्कार गरेर हत्या गरेको आशंका गरिन् । त्यस्तै मनिषाकी दिदी सिता बस्यालले बहिनीको बलात्कार पछि हत्यानै भएको तर एक जनाले नभई धेरै जनाले त्यसै गरेको आफुलाई लागेको बताईन । शान्तिपुरको उदय माध्यामिक बिद्यालयमा मनिषा सँगै कक्षा ९ मा पढ्ने र निकै मिल्ने साथी जुना राना भन्छिन् ‘मनिषासंग कुनै केटासंग नजिकको सम्बन्ध थिएन । हामीसँगै हिड्ने दुःख सुख बाँडने गर्दथ्यौं । उ एकदम सोझी केटी हो । उसलाई कसैले बलात्कार गरेर मारेर फालेको हुनु पर्छ ।’

मृतककी आमाका अनुसार मनिषाले त्यस दिन सधै भलिवल खेल्दा लगाउने हाफ पाईन्ट पहेलो टिर्शट लगाएर गएकी थिईन । खोलामा भेटिएको शवमा उनको पेटदेखि तल कुनै कपडा छैन । माथी टिर्शट छातदेखि माथी गलामा पुगेको छ । उत्तानो परेको अबस्थामा रहेको शव क्यामरामा कैद गर्न नमिल्ले रहेको छ । श्रीलंका टोलस्थित शान्ति थापाको पसलमा आएर सुर्ति किनेर गएको थापाले बताईन । हाफ पाईन्ट र माथी पहेलो टिर्शट लगाकी थिई । सुर्ति बोकेर उ त्यही चोकबाट उता खेततिर गएकी हो’–थापाले भनिन् ।

घटनास्थल माथि झोला भेटियो

जनप्रतिनिधी र प्रहरीले घटना स्थल तल माथि दायाँ बायाँ हेर्दै जाँदा शव भेटिएको करिव ३ सय मिटर माथि उत्तर तर्फ खोलाको छेउँमा पछाडी बोक्ने एउटा झोला भेटिएको छ । एकान्त बसेको वारीपारीकाले नदेखिन्ने खाल्डो खेतको गराको कुनामा उक्त झोला भेटिएको हो । झोला माथी ढुङ्गा राखिएको छ । प्रहरीले त्यसलाई बरामद गरेको छ ।

Awareness by SKF

प्रहरीले त्यसलाई खोली सकेको छैन्। घटना स्थलमा पुगेका चन्द्रकोट–६ का पुर्व वडाध्यक्ष गोकर्ण प्रसाद शर्मा भन्छिन् यदि त्यो घटना संग सम्बन्धित झोला रहे छ भने धेरै कुरा त्यसबाट खुल्न सक्छ । उनले यो घटना कसै न कसैबाट करामद नभई घटनै नसक्ने धाराणा राखे । चन्द्रकोट गाउँपालिका अध्यक्ष युवाराज खत्री क्षेत्रीले यो घटना जघन्य प्रकारको अपराधको घटना भएकोले प्रहरीले अनुसान्धानमा तिब्रता दिई छिटो भन्दा छिटो अपराधीलाई पक्ता लगाउनन आग्रह गरेको र त्यस कार्यमा पालिकाले गर्न पर्ने सबै खाले सहयोग गर्ने बताए ।

घटनास्थलमा पुगेका त्यस पालिकाका पुर्व अध्यक्ष हाल जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले घटना निकै शंकास्पद रहेकोले प्रहरीले सुक्षम अनुसन्धान गर्न आफुले पनि जोड गरेको र आफुहरुले पनि सघाउने बताए । घटनास्थल मै रहेका जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले भने ‘अनुसन्धान चलिरहेकोले धेरै कुरा भन्न नमिल्ने तर घटना शंकास्पद रहेको भन्ने प्रतिकृया दिए । प्रहरीको टोली घटनास्थल मै छ ।’

शव पोष्टमार्टमका लागि सदरमुकाम तम्घास लगिएको छ । पोष्टर्माटन पछि धेरै खुल्ने प्रहरीले जनाएको छ । प्रहरीले अघिल्लो दिन धान झाँटने काममा रहेका पुरुष मध्ये दुई जना युवालाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय शान्तिपुरमा राखेको छ । शव नजिकबाट नियाल्ने एक जना जनप्रतिनिधीका अनुसार मनिषाको घाँडीमा निलो डाम छ ।

भाग्यले ठगेकी धनमायालाई चोटै माथी चोट

धनमाया दलित परिवारकी छोरी हुन । उनको धेरै ठाउँ विवाह भए पनि घर बनेन् । पहिलो श्रीमानको मृत्यु भएको बताईन्छ । अर्को स्थानमा विवाह भए पनि त्यहाँ पनि घर बनेन् । पछि बाग्लुङ्गको नयाँ बजार स्थित हिराबहादुर रुचालसंग विवाह भए पछि मनिषा सहित तीन छोरी जन्माईन । तर श्रीमानले हेला गरे पछि मनिषा सात बर्षकी हुँदा आफु माईती घर डाँडावन आएर बस्न सुरु गरेको उनि बताउँछिन ।

धनमायाकी आमाको पनि केहि वर्ष अघि हत्या भएको थियो । आमाको माया माईतीमा नपाएर गत वर्षदेखि उनी शन्तिपुरमा बस्दै निमेक मजदुरी गर्दै छोरी पढाउँदै आएकी थिईन । साथीहरु भन्छन् मनिषाले धेरै पढेर आमालाई सुख दिने बताउने गर्थिन । उनीहरु नेपाली थरका दलित परिवार हुन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →