Awareness

मुसिकोट मेयर रनिङ्ग कपको प्रथम पुरस्कार डेढ लाख



रामकृष्ण कंडेल
४ महिना अगाडि


Place for ads

गुल्मी: मुसिकोट मेयर रनिङ्ग कप- २०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो पटक मुसिकोटमा आयोजना हुदैछ। मुसिकोट मेयर रनिङ्ग कपको प्रथम पुरस्कार रू डेढ लाख र द्वितीय पुरस्कार रू. एक लाख निर्णय गरिएको मुसिकोट नगर खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप खत्रीले बताऊनुभयो।

अध्यक्ष खत्रीले मुसिकोट मेयर रनिङ्ग कप- २०८० लाई सान्दार ढंगबाट सम्पन्न गर्नका लागि बिभिन्न नियमहरु वनाएको बताऊनुभयो। पुरस्कारको राशी ठुलो भएकोले खुल्ला पुरुष भलिबल प्रतियोगितामा उल्लेख्य खेल समुहहरू उपस्थितहुने खत्रीले बताउनुभयो। खत्रीका अनुसार कार्तीक २२ देखि २४ गते सम्म मुसिकोट नगरपालिका वडानं ४ ग्वादिकाचौरमा प्रतियोगिता संचालन हुनेछ।

Get Vaccinated

खेल सम्बन्धी विस्तृत विवरण

२ खेल ८ वटा समूह वा सो भन्दा कम भएमा लिग सिस्टम र ८ समूह भन्दा बढी भएमा नक आउट सिस्टमबाट खेलाइने छ। खेल अन्तरराष्ट्रिय भलिबल महासंघ FIVB/NVA को नियममा रही खेलाइने छ। खेलाडीहरूको नामावली सम्वन्धित स्थानीय तहको लेटर प्याडमा उल्लेख गरि तोकिएको फाराम भरी पठाउनु पर्नेछ। इमेल musikotmpgulmi@gmail.com वा ed.musikot@gmail.com मार्फत पनि टिम दर्ता गर्न सकिनेछ।

खेल शुरू हुनु भन्दा पहिले हुने टेक्निकल मिटिङमा टिम कोच, टिम क्याप्टेन वा टिम व्यवस्थापक मध्ये एकजना प्रतिनिधि अनिवार्य रूपमा उपस्थित हुनु पर्नेछ। अन्यथा मिटिङले पारित गरे बमोजिम खेल अगाडि बड्ने छ। खेलाडीहरू सम्बन्धित स्थानीय तहको स्थायी बासिन्दा हुनु पर्नेछ। स्थायी ठेगाना हाल बसोवास गरिरहेको ठेगाना भन्दा फरक भएमा बसाइसराइ दर्ता प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।

खेलाडीसंग नेपाली नागरिकताको प्रमाण पत्र वा परिचय खुल्ने सरकारी कागजातहरू साथमा हुनु पर्नेछ। एउटा समूहमा १२ जना खेलाडी, १ जना टिम कोच र एक जना व्यवस्थापक गरि बढीमा १४ जना हुनु पर्नेछ। खेलाडीहरू अनिवार्य रूपमा खेल पोषाकमा उपस्थित हुनु पर्नेछ।

Awareness by SKF

खेल अवधिभर खेलाडी/कोच/टिम व्यवस्थापकले अनुशासन पूर्वक खेल प्रदर्शन गर्नु/गराउनु पर्नेछ। खेलाडीको लागि खाना, आवास तथा यातायातको व्यवस्था टिम आफैले गर्नु पर्नेछ। खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै सर्वमान्य हुनेछ। टिम दर्ता शुल्क रू. ७५००/- मात्र लाग्नेछ।

दर्ता शुल्क ग.१.१. आन्तरिक राजश्व खाता मुसिकोट, खाता नं ०७२०४०१००००००४ मा जम्मा गर्नु पर्नेछ। टिम मिति २०८० / ७ /१९ गते वेलुका ५ बजेसम्म दर्ता गर्न सकिनेछ । टाइसिट मिति २०८०/०७/२० गते ४ बजे सम्म प्रकाशन गरिनेछ । खेल मिति २०८०/०७/२२ गते विहान ११ बजे देखि शुरु हुनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो