Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङमा ग्याङ फाइट ६ जना घाइते, ३ पक्राउ



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको जैमिनीमा सोमबार बेलुका दुई समूहबीच झडप हुँदा ६ युवा घाइते भएका छन्। जैमिनी नगरपालिका-२, पौखराचौरमा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा वडा नम्बर २ र ९ का युवाबीच झगडा र कुटपिट हुँदा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।

झडपमा जैमिनी ९ का २५ वर्षीय डबल राना, २२ वर्षीय महेन्द्र थापा र २८ वर्षीय दिपु राना, २३ वर्षीय दिपु थापा, जैमिनी-१ का ५० वर्षीय विष्णु थापा र जैमिनी-२ का २७ वर्षीय सुनिल परियार घाइते भएको डीएसपी केसीले बताए विष्णु र सुनिल उपचारपछि डिस्चार्ज भएको र अरु ४ घाइतेलाई थप उपचारका लागी पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ। घाइतेहरूको पेट, हात, खुट्टा र मुखमा चोट लागेको छ। घाइते महेन्द्रको पेटमा चोट लागेको र अवस्था गम्भीर रहेको डीएसपी केसीले बताए।

प्रहरी मंगलबार बिहान घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। वडा नम्बर २ का सुनिल परियार, कलबहादुर थापा र अनिल परियारलाई पक्राउ गरिएको डीएसपी केसीले बताए। उनले घटबाको थप अनुसन्धान भइरहेको बताए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो