Awareness

इस्माली समाजद्वारा विद्यार्थी र युवा उद्यमी सम्मान



टोपलाल अर्याल
१२ महिना अगाडि


Place for ads

गुल्मी: इस्माली समाज काठमाण्डौको आयोजनामा छात्रवृति वितरण गरिएको छ । स्वर्गीय प्रेमनाथ र विकास अर्याल स्मृति कोषको सहयोगमा समाजले हरेक बर्ष विभिन्न तहमा उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीहरुलाई छात्रवृति वितरण गर्दै आएको छ । बिजयादशमी तथा शुभदिपावलीको अवसरमा समाजले छात्रवृति वितरण तथा शुभकामना आदान–प्रदान गरेको हो।

सम्मानित कक्षा ८ र १० का विद्यार्थी 
समाजले इस्मा गाउँपालिका भित्रका बिभिन्न बिद्यालयको कक्षा ८ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने जेहेन्दार बिद्यार्थीहरु इस्मा गाउँपालिका–४ को रामराज्य माविका किस्मत घर्ति, देविस्थान आधारभुत बिद्यालय बिनोद लम्साल, वडा नं २ को जनज्योति आधारभुत बिद्यालयका साहारा नेपाली, देविस्थान मावि इस्मा २ का सागर कुवंर र हिमालय मावि इस्मा १ का कोशिस विश्वकर्मालाई सम्मान गरेको हो।

त्यस्तै ओम प्रसाद गौतम मावि इस्मा ६ का सुरज कार्की, सुन्तला आधारभुत मावि इस्मा ३ मा अध्ययनरत आरजु सार्की, ठाढुङ्गा मावि इस्मा ३ का आशिष नेपाली, पालुखा मावि इस्मा २ का आश्रिया पोख्रेल, आनन्दपुर मावि इस्मा ५ का करुण बिष्ट, चन्द्र निमावि इस्मा ४ का बिक्रम थापा, कालिका निमाविका जीवन खत्री र देउराली निमाविका शालिकराम विकलाई सम्मान गरिएको छ । सरस्वती आभारभुत बिद्यालय इस्मा ६ का सृजना लम्साल, कुमारी आधारभुत बिद्यालय इस्मा ५ का युवराज कुमाललाई सम्मान गरिएको इस्माली समाज काण्माण्डौका सचीव महेन्द्र बस्नेतले जानकारी दिए।

त्यस्तै कक्षा १० मा उत्कृष्ट जिपिए ल्याउने रामराज्य मावि इस्मा ४ की अप्सरा बस्नेत, देविस्थान मावि इस्मा २ का राजेन्द्र खत्री, हिमालय माविका इस्मा १ का सरस्वती कुवंर, रचना पाण्डेय, अस्मिता कुवंर, ओमप्रसाद गौतम मावि इस्मा ६ का बुद्धि नेपाली, ठाढुङ्गा मावि इस्मा ३ का आशिष सापकोटा, पालुखा मावि इस्मा २ का सृजना बोहोरा र आनन्दपुर मावि इस्मा ५ की प्रजिना ज्ञवालीलाई सम्मान गरिएको समाजका सचीव बस्नेतले बताए । उनले जना बिद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद तथा प्रमाण–पत्रद्धारा सम्मान गरिएको हो । कार्यक्रममा इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले बिद्यार्थीलाई नगद तथा सम्मान पत्रद्धारा सम्मान गरेका थिए।

युवा उद्यमीलाई सम्मान
इस्माली समाज काठमाण्डौले अहिले बिद्यार्थी बाहेक युवा उद्यमीहरुलाई पनि सम्मान गरेको छ । पछिल्लो समय व्यावसायीक घाँस र फुलखेती गरेर देशभर चर्चा कमाएका इस्मा गाउँपालिका ३ का युवा उद्यमी गोकर्ण नेपालीलाई सम्मान गरेको हो । गाउँमा बसाइसराई बढ्दै गएको अवस्थामा स्वदेशमै कृषि क्षेत्रमा आशा र उर्जा प्रदान गर्ने युवा नेपालीलाई प्रोत्साहन स्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको इस्माली समाज काठमाण्डौका उपाध्यक्ष गोपीराज पराजुलीले जानकारी दिए ।

शोधपत्र हस्तान्तरण
इस्माली समाज काठमाण्डौले आयोजना गरेको छात्रबृति वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्कालाई शोधपत्र हस्तान्त्रण गरिएको छ । त्रिभुवन बिश्व बिद्यालयका उपप्रध्यापक अर्जुनध्वज अर्यालले महिला मताधिकारको प्रयोग र हालको अवस्थाको बारेमा गरेको अनुसन्धानमुलक शोधपत्र पालिका प्रमुख खड्कालाई सुझावको रुपमा प्रदान गरेका हुन ।

वक्ताद्धारा समाजको प्रसंसा
इस्माली समाज काठमाण्डौले आयोजना गरेको छात्रबृति वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथी भगतसिंह खड्काले गाउँपालिकाको शिक्षा क्षेत्रमा समाजले पुराएको उल्लेख्नीय कामको प्रसंसा गरे । उनले कर्मका हिसाबले जिल्ला बाहिर हुँदा पनि आफ्नो मातृभुमिप्रति समाजले देखाएको रचनात्मक कामले बिद्यार्थी र अभिभावसहित आफुहरुलाई समेत उर्जा प्राप्त भएको बताए ।

Awareness by SKF

सोहि अवसरमा इस्मा गाउँपालिका ३ का वडाध्यक्ष ज्योतिराज कुवंर, एमाले इस्मा गाउँकमिटी अध्यक्ष राजेन्द्र विक्रम कुवर, कांग्रेसका बैकुण्ठ बहादुर कुवंर, परिवारको तर्फबाट गुणाखर अर्याल लगायतले आफ्नो भनाई राखेका थिए । बोल्ने सवै बक्ताहरुले लामो समयदेखि इस्माली समाजले इस्मा क्षेत्रको शैक्षिक विकासमा खेलेको भूमिका निकै प्रसंसनीय रहेको बताएका थिए।

कार्यक्रम समाजका अध्यक्ष गोकर्ण खरेलको अध्यक्षता र समाजका उपाध्यक्ष गोपीराज पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →