Clean Water Campaign

Awareness Campaign

तम्घासस्थान मन्दिरमा सेनाद्वारा सलामी अर्पण गरियो



अनिष पन्थी
२ वर्ष अगाडि


Awareness

Place for ads

अनिष पन्थी, गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घासमा रहेको तम्घासस्थान मन्दिरमा आज एक कार्यक्रमका बिच नेपाली सेनाद्वारा मन्दीरमा सलामी अर्पण गराइएको छ ।

बिजया दशमीको नवौं दिनको अवसर पारि नेपाली सेनाद्वारा सलामि अर्पण गराइएको हो । नेपाली सेना,नेपाल प्रहरी ,ससस्त्र प्रहरी बलको सयुक्त आयोजनामा सलामी अर्पण गराइएको थियो ।

मन्दिर परिसरमा दशै सुरु भएदेखि भिडभाड बढदै गएको छ। मन्दिरमा बलि दिने र पुजापाठ गर्नेको भिड निकै रहेको थियो ।

सिंचाई
Forest
Ad.

बिगतका बर्षमा भन्दा यो बर्ष मन्दिरमा देखिएको भक्तजनको घुइँचोले मन्दिरको प्रबर्द्धनमा थप आसा जागेको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेले बताए। सस्कृतिको जगेर्नाको निम्ति रेसुङा नगरपालिकाद्वारा अपन्त्व हुने गरि प्रत्येक बर्ष मन्दिरलाइ सलामि अर्पण गराइने योजनाका साथ यो बर्ष देखि सुरु गरिएको पाण्डेले जानकारी दिए।

कार्तिक १५ गतेदेखि हुने गुल्मी उद्योग संघको प्रथम ऐतिहासिक प्रथम गुल्मीको मुख्य उदेश्य पनि मन्दिरको प्रबर्द्धन नै गर्नु रहेको संघका महासचिव सुदर्शन खनालले बताए ।

बिगतमा भन्दा आज देखिएको भक्तजनको घुइँचोले स्थानीय उत्साहीत भएका छन । सलामी अर्पण कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी,गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे लगाएतको समेत उपस्थिति रहेको थियो ।

सोही स्थानमा हुने ऐतिहासिक प्रथम गुल्मी महोत्सवको तयारीलाई तिब्र गतिमा अगाडी बढाइएको छ। अहिले स्टल निर्माणको काम समेत भइरहेको छ ।११ दिनसम्म चल्ने महोत्सवमा ६० करोड बराबरको अपेक्षा राखिएको महोत्सव आयोजक गुल्मी उद्योग संघले जनाएको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो