Awareness

धार्मिक र पर्यटनकाे रूपमा नर्सिङकाेटलाई प्रवर्द्धन गर्नुपर्छ: प्रदेश सभा सदस्य कुँवर



कौरव खत्री
१ महिना अगाडि


Place for ads

बागलुङ: बागलुङ निसीखाेला गाउँपालिका-७, नर्सिङकाेटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमकाे उद्घाटन गरिएकाे छ।

नर्सिङकाेट संरक्षण समिति निसीखाेला गाउँपालिका ७ राजकुत बागलुङको खेलकुद तथा सांस्कृतिक कार्यक्रमकाे उद्घाटन समारोह कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय दाेर्ण कुमार कुँवरले नर्सिङकाेटलाई धार्मिक र पर्यटन क्षेत्रकाे रूपमा प्रबर्द्धन गर्नुपर्नेमा जाेड दिनुभयो।

Get Vaccinated

साथै प्रदेश सभा सदस्य कुँवरले नर्सिङकाेटकाे ऐतिहासिक हिसाबले निकै महत्त्वपूर्ण रहेको भन्दै यसलाई धार्मिक एवम् पर्यटकीय र सांस्कृतिक हिसाबले प्रबर्द्धन गर्नुपर्ने बताउनुभयो ।साथै उहाँले नर्सिङकाेटमा पर्यटन पद मार्ग निर्माण र यसकाे समग्र वृद्वि विकास र समृद्धिका लागि आफु लागि पर्ने बताउनुभयाे।

साथै साेही अवसरमा गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पाैवीले गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रमा धेरै कार्यक्रम अगाडि ल्याएकाे बताउनु भयाे ।साथै प्रदेश सभा सदस्य पाैवीले यस क्षेत्रकाे शिक्षा,स्वास्थ्य,सडक लगायतका समस्याहरूकाे समाधानका लागि विकास र निकासमा आफु सधैं तत्पर रहने बताउनुभयाे।

त्यस्तै अवसरमा निसीखाेला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती मगरले खेलकुदलाई अनुशासित र मर्यादित बनाउनु पर्ने कुरामा जाेड दिदै राष्ट्रलाई चिनाउन खेलकुदकाे महत्त्वपूर्ण भुमिका रहने बताउनु भयाे । साथै अवसरमा गण्डकी प्रदेशका पुर्व प्रदेश सभा सदस्य खिमबिक्रम शाहीले यस क्षेत्रकाे विकासका लागि सबै मिलेर अगाडि बढ्नु पर्नेमा जाेड दिनुभयो।

Awareness by SKF

त्यस्तै अवसरमा नेपाली जनसम्पर्क समिति ओसाका कन्साई जापानका सभापति इन्द्रलाल सुवेदी, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य भवानी कंडेल,निसिखाेला गाउँपालिका वडा न.१ का वडा अध्यक्ष चन्द्रसिंह राम्जाली, निसिखाेला गाउँपालिका वडा न.७ का वडा अध्यक्ष दिपक कुंवर,सहित स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियोे । साथै खेलकुद तथा सांस्कृतिक कार्यक्रमकाे उद्घाटन समारोहमा राष्ट्रिय कलाकार सम्झना रणपाल,सुमन परियार लगायत स्थानीय कलाकारहरूकाे सांस्कृतिक प्रस्तुती रहेकाे थियो ।

कार्यक्रम नर्सिङकाेट संरक्षण समिति निसिखाेला गापा ७ बागलुङका अध्यक्ष लिला प्रकाश श्रेष्ठकाे अध्यक्षता तथा नर्सिङकाेट संरक्षण समितिका भुतपुर्व सचिव तिलक कुंवरकाे स्वागत मन्तव्यसगै शुरू भएकाे कार्यक्रमकाे सञ्चालनमा भने नर्सिङकाेट संरक्षण समिति सह सचिव टिका राना मगरले गर्नु भएकाे थियाे । कार्यक्रम कार्तिक ६ गतेसम्म अर्थात पर्सीसम्म सञ्चालन हुने निसिखाेला गाउँपालिका वडा न.७ वडा अध्यक्ष दिपक कुँवरले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो