Awareness

Dhurkot

गुल्मीको तम्घास बजारमै म्याद नाघेका सामग्री बिक्री



टोपलाल अर्याल
१ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुख्य बजार तम्घासकै पसलहरुबाट म्याद नाघेका सामग्री बिक्री गरेको फेला परेको छ। जिल्ला प्रशासन कार्यालयले कार्तिक १ र २ गते विभिन्न टोली बनाएर बजार अनुगमन गरेको थियो।

Snow
Forest
Mountains

सोही क्रममा बजिमाया रन्जन स्टोर्सबाट १४ कार्टुन तेज र १ कार्टुन माया तेल म्याद नाघेको फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिए । त्यस्तै घरेलु मदिरा निर्माण गर्न प्रयोग गरिने कच्चा पदार्थ (मर्चा) ८० केजि पनि अनुगमन टोलिले बरामद गरेको छ । अनुगमन टोलिले खाद्य, दुध डेरि र मासु पसल गरेर बजारका ५६ वटा पसल अनुगमन गरेको गैरेले बताए । उनले बजारमा कम म्याद हुने तेल, मसला, सुजि, चेरी, बदाम, चोकोपाइ, बिस्कुट, फुरनदाना लगायतका सामग्री जफत गरिएको बताए ।

निरन्तर बजार अनुगमन हुने सदरमुकामकै जिम्मेवार ब्यावसायीकोमै भान्सामा सबैभन्दा बढी प्रयोग हुने तेल म्याद नाघेको फेला पर्नु दु:खद बिषय भएकाले उपभोक्ता सचेत रहन र ब्याबसायी गम्भीर बन्न आग्रह गरे । उनले जिल्लाका ४/५ वटा पसल तथा उद्योगको मुद्दा प्रशासन कार्यालयमा चालू अबस्थामा रहेकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने बस्तुको बिक्रीवितरणमा चनाखो बन्नुपर्नेमा जोड दिए । अनुगमनको क्रममा ६४ हजार ९ सय ३५ रुपैयाँ मुल्य बराबरको सामान बरामद गरिएको गैरले पत्रकारहरुलाई जानकारी गराए ।

पसलमा सामान खरिद गर्दा उपभोग्य मिति ख्याल गर्ने निकै कम मान्छे छन । उपभोग्य मिति हेरेर सामान खरिद गर्ने ब्यावसायी पनि बजारदेखि गाउँसम्म उपभोक्ता जस्तै छ्न । उपभोक्ता म्याद नाघेको उपभोग्य बस्तुको सेवनले स्वास्थमा पार्ने असरप्रती जानकार छैनन् । भने ब्यबसायी पनि त्यस्तो बस्तुको बिक्रीले मानव स्वास्थ्यमा पार्ने असर र कानुनी बिषयमा अचेत छन् ।

त्यस्ता सामग्री बिक्री गर्नेहरुलाइ कम कारबाही भएका छन् । भने नियमित अनुगमन नहुदा समस्या बल्झिने गरेको छ । उपभोक्ता र ब्याबसायीलाई प्रयाप्त सचेतताका कार्यक्रम गर्न सरकारी तथा गैर-सरकारी स्तरबाट उल्लेखनीय काम नहुदा गुणस्तरहिन र म्याद नाघेका सामानको खुलेयाम बिक्री हुँदै आएको स्थानीयको गुनासो छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →