Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट-२ को दोस्रो वडाध्यक्ष कप भलिबल तथा रेकर्ड डान्स प्रतियोगिता भव्यताका साथ सम्पन्न



सागर भण्डारी
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ को आयोजनामा सञ्चालित दोश्रो वडा अध्यक्ष कप भलिबल तथा रेकर्ड डान्स प्रतियोगीता भव्य रुपमा सम्पन्न भएको छ।

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल“ भन्ने मुल नारा सहित २० समुहको सहभागीता रहेको वडाध्यक्ष कप भलिबल प्रतियोगीताको उपाधि एफोरआर मुसिकोट -६ गुज्र्याङ्ले जितेको छ । त्यस्तै आँपचौर भलिबल कपको उपबिजेता बनेको छ । वडाध्यक्ष भलिबल कपमा प्रथम हुने प्रतियोगीले नगद रु २५ हजार कप मेडल र प्रमाण पत्र तथा द्वितीय हुनेले नगद रु १५ हजार कप मेडल र प्रमाण पत्र हात पारेका छन् ।

त्यस्तै रेकर्ड डान्स प्रतियोगीतातर्फ पवन थापा प्रथम, बिनिता परियार द्धितिय, मुसिकोट युवा क्लव हलोगाडेको समुह तृतीय र अन्सु परियार सान्त्वना बनेका छन् । रेकर्ड डान्स तर्फ प्रथम हुनेले नगद रु.६ हजार र प्रमाण पत्र, द्वितीय हुनेले नगद रु.४ हजार र प्रमाण पत्र तथा तृतीय हुनेले नगद रु.२ हजार र प्रमाण पत्र प्राप्त गरेका छन्।

सिंचाई
Forest
Ad.

विजया दशमीको अवसर पारेर आयोजना गरिएको वडाध्यक्ष कपको अन्तिम दिन गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेलले राष्ट्र चिनाउने भन्दै खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शन गरी राष्ट्रिय स्तरको खेलमा सहभागी हुने गरी खेल्न आग्रह गर्नुभयो । त्यस्तै उहाँले वडा दशैँ नजिकै आईरहेको भन्दै सामाजिक सदभावलाई ख्याल गर्दै चाडपर्व मनाउन आग्रह समेत गर्नुभयो।

सो अवसरमा कार्यक्रमलाई आर्थिक, भौतिक नैतिक तथा अन्य विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान समेत गरिएको थियो भने लोक गायक अनिल खत्री, कमल बराल र गोविन्द बिसीले सांगीतिक प्रस्तुती दिनुभएको थियो।

कार्यक्रममा समाजसेवी हरिनारायण सापकोटा, अर्जुन सिंह ठकुरी, मदनदिप घिमिरे, वामी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ सई लक्ष्मण विश्वकर्मा लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष रविन्द्र केसीले मुसिकोट नगरपालिकामा खेलाडीहरु उत्पादनसंगै प्रोत्साहन गर्ने र खेलको माध्यमबाट शारिरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

वडाध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, वडासदस्य देव बहादुर रायमाझीको स्वागत मन्तव्य एवम् रोशन सिंह ठकुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो