Awareness

ग्लोबल आईएमई बैंकद्वारा वामी प्रहरी चौकीलाई सडक डिभाईडर सहयोग



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Place for ads

गुल्मी: ग्लोबल आईएमई बैंक लिमिटेड वामी शाखा गुल्मीले वामी प्रहरी चौकीलाई सकड डिभाईडर सहयोग गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ वटा डिभाईडर सहयोग गरेको शाखा प्रबन्धक बिष्णु कुँवरले जानकारी दिनुभयो ।

Get Vaccinated

बिहिवार मुसिकोट नगरपालिका -७, वामीटक्सार स्थित बैंकको प्रांगणमा आयोजित एक कार्यक्रममा बैंकका शाखा प्रवन्धक कुवरले वामी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ सई लक्ष्मण विश्वकर्मालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै शाखा प्रवन्धक कुवरले बैंकले उपलब्ध गराएको सडक डिभाईडरले ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा राख्नुभयो ।

वामी प्रहरी चौकीका वरिष्ठ सई विश्वकर्माले आफ्नो सानो आग्रहलाई स्वीकार गरि उक्त सामाग्री सहयोग गरेकोमा बैंक प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सडक दुर्घटना न्यूनिकरण संगै वामी अस्थायी बिटमा सवारी रोक्न तथा अन्य विभिन्न प्रयोजनमा उक्त सामाग्री प्रयोग हुने भन्दै छिट्टै वामी प्रहरी चौकीले ट्राफिक सचेतना लेखिएका होडिङ बोर्ड समेत राख्न लागेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो