गुल्मी: आमाको महिमा वर्णन गरिएको ‘आमा तिम्रो तस्विर दैलैमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा स्वर गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको रहेको छ भने शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ।
गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ । भिडियोमा गायक हेमन्त कान्छा, रमा थपलिया र बाल कलाकार इभान चैसीयारको मर्म स्पर्शी अभिनय देख्न सकिन्छ ।
भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले हरेक सुख दु:खमा सम्झनाका तरेलीमा डुब्दै आमासँग बिताएका ति क्षणहरुलाइ भावनात्मक शैलीमा देखाइएको छ । आमाको अल्पायुमानै निधन भएपछि छोराले गरेका प्रगतिलाई आमाले देख्न नपाएको कुरालाई मार्मिक तरिकाले उठाइएको छ । जसको निर्देशन हेमन्त कान्छाले गरेका हुन् ।
भिडियोको सम्पादन पदम सुवेदीले गरेका हुन् भने छायांकन किरण चौसीयारले गरेका हुन् ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |