Awareness

Get Vaccinated

यस्तो देखियो सिडियोको शान-सम्मान (भिडियो सहित)



प्रेम सुनार
९ महिना अगाडि


Place for ads

गुल्मी: बेहुली सिंघारिए जस्तै सिंगारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीको गेटमा प्रहरीको शेरमुनियल ड्रेश लगाएर उभिएका निमित्त जिल्ला प्रहरी प्रमुख डिल्लीनारायण पाण्डे र अन्य अधिकृतहरु हातमा पुष्पागुच्छा लिएर कसैको स्वागतमा पंक्तिबद्ध भएर उभिएका थिए। केहिबेर पछि गेट तल देखि कोट दौरासुरुवाल र भादगाउँले टोपी लगाएका एक जना व्यक्ति गार्ड अगाडी पछाडी लगाउँदै आउँछन र प्रहरी परिसर भित्र छिर्छन।

जसलाई सलाम ठोक्दै प्रहरी अधिकृतहरुले पुष्पगुच्छा टक्राउँदै सलामी अर्पण गर्ने स्थलमा पुराउँछन। त्यस पछि विकुल फुक्दै प्रहरीले सम्मान गारद अर्पण गर्छन। त्यो दृश्य ग्रहण गर्ने पात्रलाई मात्र नभई दर्शकलाई समेत गौरवपुर्ण थियो र त्यो सम्मान संघका कुनै मन्त्रीको भन्दा कम देखिदैनथ्यो।

संघियता लागु भए लगत्तै जिल्लाका सिडियोहरुको शक्ति कम भएको र मर्यादा क्रममा पनि गाउँपालिका प्रमुख भन्दा पनि तल भएको भनिए ता पनि त्यो दृश्यले उनिहरुको शान र सम्मान भने संघिय सरकारका मन्त्री भन्दा केहि कम नभएको स्पष्ट हुन्थ्योे । मंगलबार ६८ औं प्रहरी स्थापना दिवस गुल्मी प्रहरीले मनाई रहँदा यस्तो देखिएको हो।

विशेष परिस्थितीमा चारवटै सुरक्षा निकाय परिचालन गर्न पाउने जिल्लाको सुरक्षा परिषदको अध्यक्ष रहेका सिडियो अर्थात प्रमुख जिल्ला अधिकारीहरुको मर्यादा क्रममा स्थानीय तहका प्रमुखहरुलाई संघियता पछि माथी राखिए पनि प्रमुख जिल्ला अधिकारीहरु जिम्मेवारी र हैसियतमा उनिहरु भन्दा माथी नै छन भन्ने कुराको प्रमाण पनि थियो त्यो।

सलामी ग्रहणपश्चात प्रमुख जिल्ला अधिकारी टेकबहदुर केसी अमर प्रहरीको स्मारकमा माल्याणपण गर्न पुगे जहाँ प्रहरीले अमर प्रहरीको सम्मानमा उल्टे गारद अर्पण गर्यो । कार्यक्रममा प्रहरी निरीक्षक अनिल थापाले प्रहरी महानिरीक्षक बसन्त कुँवरले पठाएको सन्देश पढेर सुनाएका थिए । कार्यक्रममा विभिन्न अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए।

Awareness by SKF

यो पनि: गुल्मी प्रहरीद्वारा को-को पुरस्कृत?

सप्ताहव्यापी स्थापना दिवसमा प्रहरीले स्वास्थ्य शिविर , आँखा उपचार शिविर संचालन गरेको थियो । त्यस्तै सरसफाई, वृक्षरोपण , विभिन्न खेल प्रतियोगिता सम्पन्न गरेको थियो । विजयी खेलाडीहरु , पुर्व प्रहरी परिवार, अमर प्रहरी परिबार, पुर्व जेष्ठ प्रहरी , जग्गादाता लगायतलाई समारोहमा प्रमुख जिल्ला अधिकारी केसीले सम्मान गरेका थिए।

यो पनि: जिल्ला प्रहरी कार्यालय गुल्मीले मनाउदै प्रहरीको ६८ औँ स्थापना दिवस (फोटो फिचर)

त्यस्तै प्रहरी निरीक्षक किरण सापकोटा सहित दर्जनौ प्रहरीहरुलाई उत्कृष्ट कार्य सम्पादन गरे बापत निमित्त प्रहरी प्रमुख पाण्डेले पुरस्कृत गरेका थिए । प्रमुख जिल्ला अधिकारी केसीले मन्तब्यका क्रममा अमर प्रहरीहरु प्रति सम्मान प्रकट गर्दै शुभकामना ब्यक्त गरे । त्यस्तै सभा अध्यक्ष निमित्त प्रहरी प्रमुख पाण्डेले प्रहरीको काम र कर्तब्यमा प्रतिद्धता जनाउँदै कार्यक्रमको समापन भएको थियो ।

गुल्मी प्रहरी गत केहि बर्षयता शान्ति सुरक्षा कार्यम राख्न, अपराधिक गतिविधीहरु न्युनिकरण गर्न र अपराधमा संलग्नहरुलाई कानुनी कठघरामा उभ्याउन सफल देखिएको छ । थप सफलता प्राप्त गर्न सफल रहोस भन्ने शुभकामना बक्ताहरुले दिएका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →