Clean Water Campaign

Awareness Campaign

गुल्मी प्रहरीद्वारा को-को पुरस्कृत?



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले आफ्ना प्रहरी कर्मचारी, पुर्व प्रहरी, अमर प्रहरी परिवार, जग्गादाता पुर्व ज्येष्ठ प्रहरी र विभिन्न प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कृत र सम्मान गरेको छ। सप्ताहव्यापी प्रहरी दिवसको मंगलबार विशेष कार्यक्रमको समापनको अवसरमा सम्मान गरिएको हो।

उत्कृष्ट कार्य सम्पादन तर्फ
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण सापकोटा, श्रृंगा प्रहरी चौकी ईन्चार्ज प्रहरी सहायक निरीक्षक नवराज भट्टराई, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भविश्वर बिक, सोही दर्जाका इस्मा प्रहरी चौकी ईन्चार्ज कृष्ण बहादुर थापा, चन्द्रकोट प्रहरी चौकी ईन्चार्ज प्रहरी सहायक निरीक्षक रामविलास यादव उत्कृष्ट कार्य सम्पादन गरे वापत पुरस्कृत भएका छन।

सिंचाई
Forest
Ad.

त्यस्तै जिप्रकाका खुमा थापा, प्रहरी चौकी वामीटक्सारका प्रहरी वरिष्ठ हवल्दार यम बहादुर थापा, प्रहरी हवल्दार केशव दमाई, अस्थायी प्रहरी पोष्ट धनार्जेका, जिप्रकाका हवल्दार सुवास कुमार नेपाली, सोही स्थानका प्रहरी हवल्दार हिम बहादुर सुनार ,प्रहरी सहायक हवल्दार बासुदेव मरासिनी, सोही दर्जाका जै प्रकाश थारु , देव बहादुर पुन, भेग बहादुर जिएम, प्रहरी जवान मिन बहादुर रास्कोटी, प्रहरी कार्यालय सहयोगी हेमराज उत्कृष्ट कार्य सम्पादन गरे बापद पुरस्कृत भएका छन।

 प्रतियोगिता तर्फ
असोज २४ र २५ गते रेसुङ्गा नगरपालिका-८ स्थित नेपाल ब्याडमिटन संघ गुल्मीको कभर्ड हलमा गुल्मी जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरु बीच डबल ईभेन्ट ब्याडमिटन प्रतियोगिता आयोजना गरिएकोमा जिल्ला २७ टिम बीच भएको प्रतिस्पर्धामा प्रहरी सहायक निरीक्षक हुमबहादुर भलामी प्रथम भएका थिए। उनि प्रहरी जवान हुम बहादुर भलामी, सोही दर्जाका राम बहादुर कुमाल, प्रहरी सहायक हवलदार यम बहादुर महत, प्रहरी जवान सन्तोष राना द्वितीय र सोही दर्जाका सुभम घर्ती मगर, काँशीरा घर्ति मगर, ललित चौधरी, संदिप खनाल तृतिय स्थान हासिल गरेकोमा उनिहरु पुरस्कृत भएका थिए।

त्यस्तै टेबल टेनिस प्रतियोगितामा प्रथम हुने प्रहरी जवान कृष्ण बहादुर सिंजाली, द्वतीय हुने प्रहरी हबल्दार यम बहादुर खत्री, तृतीय हुने सोही दर्जाका कर्ण बहादुर खत्रीलाई पुरस्कृत गरिएको थियो। त्यस्तै घैटोफोर महिला तर्फ १३ जनालाई पछाडी पार्दै प्रहरी जवान मिना बुढा मगर प्रथम भएकोमा पुरस्कृत गरिएको थियो। उनिहरुलाई निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले पुरस्कृत गरेका थिए। त्यस्तै अमर प्रहरी परिवार, जेष्ठ प्रहरी, जग्गादाता र विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगदातालाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सम्मान गरेका थिए।

Awareness by SKF

थप तस्वीर हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →