Awareness

Awareness Campaign

धुर्कोट दरबारमा दशैँ पुजा सम्बन्धि विभिन्न निर्णय



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

सुशील पन्थी, गुल्मी: आज घटस्थपना पुजा गरे लगत्तै गुल्मीको धुर्कोट दरबार खड्कछ्त्रकोट पुजा ब्यबस्थापन समितिको बैठकले पुर्णिामा सम्म गरिने दशै पुजा सम्बन्धि विभिन्न निर्णय गरेको छ ।

Forest
Forest
Ad.

समितिका उपाध्यक्ष जयप्रताव थापाको अध्यक्षता र धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरिको प्रमुख आतिथ्यतामा बसेको बैठकले निम्न निर्ण्स्री गरेको कोषाध्यक्ष लोकबहादुरखत्रीले जानकारी दिए ।
– घटस्थापन सम्बन्धमा : २०८० को बडादशैको शुभारम्भ स्वरुप घटस्थापना पुजा ११.३२ मा बिधिवत रुपमा सम्पन्न गरियो ।
– आज देखि ९ दिन सम्म नवरात्री पुजा धार्मिक परम्परा अनुसार गर्ने निर्णय गरियो
– पाठा पाडाको रगत मुढ र जोडि परेवाको पानी समाउने सम्बन्धमा रगतको दुई हजार , पाठाको मुढ ४५०, पाडाको ३५० र परेवाको ३०० मूल्य निर्धारण गरियो ।
– पुजारी र उपासुहरुको पारिश्रमिक मुल पण्डित दैनिक १३०० , क्षेत्री उपासु एकमुष्ट ५५०० , फुलपाती टिप्नेको एकमुष्ट १०५०, दुर्गामन्दिर पुजारी २१०० र बाजा मर्मतका लागि ४००० दिने निर्णय गरियो ।
– समितिले कोट पटाङ्गिनी देखि ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । यदि कसैले अवज्ञा गरे कानुन अनुसार कार्बाहिको चेतवानी दिईएको छ ।
– त्यस्तै पुर्णिमाको दिन दिउँसो ११ बजे देखि ५ बजे सम्म सरायनाच खेलिने कोषाध्यक्ष खत्रीले जानकारी दिए ।
बैठक्व्लाई सम्बोधन गर्दै गाउँपलिका उपाध्यक्ष गिरिले गरिएका निर्णय अक्षरस पालना गर्दै परंरागत प्रचलन अनुसार दशै पुजा सम्पन्न गर्ने र श्रद्धालु भक्तजनलाई सहज पुजापाठ्स्को ब्यबस्थापन गर्न समितिलाई आग्रह गरिन । बैठकमा सुरक्षा निकायको तर्फबाट वस्तु प्रहरी चौकीबाट प्रहरी , समिती र अन्य सरोकारवाला सहभागी थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →