Salime Malika Krishi Farm

Awareness Campaign

रुपन्देही उद्योग संघमा स्वतन्त्र उद्योगीको उम्मेदवारी



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

बुटवल: रुपन्देही उद्योग संघको आगामी नयाँ नेतृत्वका लागि उद्योगीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।

उद्योग संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन उम्मेदवारी दिएको उनिहरुले बताएका छन । उद्योग संघको नयाँ नेतृत्वका लागि असोज २९ गते भोली निर्वाचन हँुदैछ । उम्मेदवारी दर्ता भने असोज २७ गो हिजो भएको हो ।

स्वतन्त्र उद्योगी प्यानलको रुपमा सफल महिला उद्यमी माया खनालको नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने भएको हो । पूर्व महिला सचिव समेत रहेकी खनालले द्धितिय उपाध्यक्षमा उम्मेदवारी दिएकी छन । खनाल उद्यागीहरुबीच लोकप्रिय नेतृ हुन ।

सिंचाई
Forest
Ad.

त्यस्तै कोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको उम्मेदवारी परेको छ । वर्तमान सह कोषाध्यक्षको जिम्मेवारीमा रहेका उनले यसअघि दुई कार्यकाल कार्यसमिति सदस्यको भूमिका निभाएका थिए । ज्ञवाली २०६८ सालमा वस्तुगत समितिको सचिव र २०७० सालमा संयोजकको रुपमा काम गरिसकेका छन । यस्तै सचिवमा कमल ज्ञवाली र सह कोषाध्यक्षमा पे्रम बहादुर आलेको उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यमा नेत्र बहादुर रुचाल , लाल बहादुर थापा, तुल बहादुर सारु,दिल बहादुर राना, मोहन भट्टराई, कृष्णप्रसाद पोखरेल, बल बहादुर गोदार र अशोक कुवँरको उम्मेदवारी परेको छ।

यसैगरी महिला सदस्यमा शारदा पहारी भट्टराई र मिना थापा तुलाधरले उम्मेदवारी दिएका छन।

उद्योग संघको नयाँ नेतृत्वका लागि केही व्यक्तिले आफ्नो स्वार्थका लागि संस्था कब्जा गर्ने हेतुले अर्को प्यानल खडा गरेको स्वतन्त्र उद्योगी प्यानल समूहको जिकिर रहेको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो