Clean Water Campaign

Awareness Campaign

जाउँ हिँड रेसुङ्गाको म्याराथनमा मुसिकोट प्रथम



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिकाले संचालन गरेको जाउ हिड रेसुङ्गा अभियान अन्तर्गत आयोजित १० किलो मिटर पुरुष खुल्ला म्याराथन दौड प्रतियोगितामा मुसिकोट नगरपालिकाका धावक प्रथम भएका छ्न ।

गुल्मी सहित ६ वटा जिल्लाका दिग्गज प्रतियोगीलाई पछाडी पार्दै मुसिकोट नगरपालिका -८ वामीका धावक भुवन खत्री प्रथम हुन सफल भएका हुन ।

तम्घास लाकुरिमन्च देखि रेसुङ्गाको महादेवपोखरी सम्म १० किलो मिटर म्याराथन दौड खत्रीले जम्मा ३५ मिनेट मै पार गरेका थिए । उनले नेपाली सेनाका धावकलाई पछाडी पारेका हुन । संग्राम शार्दुल गुल्म , धागिथुम ब्यारेकका शुक्र रोकाय दृतिय र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- १ का रोहित अधिकारी तृतीय र तम्घास खानिगाउँका ६१ बर्षिय प्रकाश भलामी र ५१ बर्षिय मोहन बहादुर थापाले म्याराथनमा उल्लेखित युवाहरूलाई आत्थुआत्थु पार्दै सन्तवाना पुरस्कार प्राप्त गरेका थिए ।

सिंचाई
Forest
Ad.

बिजेताहरुलाई प्रमुख अतिथी रेसुङा नगरपालिकाका मेयर खिलध्वज पन्थीले नगद पुरस्कार , मेडल र प्रमाणपत्र प्रदान गर्दै बधाई दिदै सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

पुरस्कार राशी क्रमशः १५, ८ , ५ र २ हजार रहेको थियो ।

यस प्रतियोगितामा कास्की , पाल्पा,रुपन्देही ,अर्घाखाँची ,मुगु र गुल्मी लगायतका जिल्लाका प्रतियोगी सहभागी भएर रेसुङ्गाको प्रचारमा टेवा पुगेको छ ।

प्रतियोगिताको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थिले उद्घाटन गरेका थिए । उनले नगरपालिकाले संचालन गरेको जाउ हिड रेसुङ्गा अभियानलाई सफल पार्न यी र यस्ता विभिन्न कार्यक्रम संचालन गरिदै आएको बताए ।

Awareness by SKF

पहिलो पटक रेसुङ्गामा म्याराथन दौडले त्यहाँको प्रचार प्रसारमा टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी लगायतका अतिथीहरुले बताए । आयोजक संस्था जिल्ला खेल्कुद बिकास समिती अध्यक्ष गिरिप्रसाद महाकिमले सहभागी प्रतियोगीलाई स्वागत गर्दै धन्यवाद दिएका थिए । समितिका कार्यालय प्रमुख डिल्ली बिकका अनुसार यस अघि तम्घास -रेसुङ्गा म्याराथन दौड प्रतियोगिता भएको रेकर्ड भेटिदैन ।

प्रतियोगिताको मुख्य प्रायोजक रेसुङ्गा नगरपालिका रहेको छ ।

यति महत्वपूर्ण कार्यक्रममा पत्रकारहरुलाई खबर नगरिएको धेरैको गुनासो थियो । कार्यक्रममा विभिन्न राजनैतिक दल , संघ संस्था, वडाध्यक्ष सहितका जनप्रतिनिधि , कार्यालय प्रमुख , सुरक्षा निकाय प्रमुख लगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →