Awareness Campaign

दौडका गुल्मेली शान: खत्री जसले ३५ मिनेटमा १० किमि दौडेर रेसुंगा दौड जिते



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: मुसिकोट नगरपालिका ८ दाल्काका १७ बर्षीय भुवन खत्री दौडमा अब्बल छन। उनले मुसिकोट नगरपालिका ७ को महेन्द्र आदर्श नमुना माविको कक्षा १० मा अध्ययन गर्छन। केहि समय अगाडी सम्पन्न राष्ट्रपति रनिंङ्गशिल्डमा बिद्यालयको प्रतिनिधित्व गर्दै दौडमा जिल्लाभरमा प्रथम भएका थिए । खत्रीले त्यो भन्दा अरु प्रतियोगीतामा भाग लिएका थिएनन् । तम्घासमा आयोजना गरिएको खुल्ला दौड प्रतियोगीतामा नेपाली सेना र सशस्त्र प्रहरीहरु समेत प्रतिस्प्रर्धी भएकाले जितको आशमा थिएनन् ।

तर, अनुभवको लागि भएपनि प्रतियोगीतामा सहभागी बने । उनी सुरुको एक किलोमिटर दौड्दा पाँचौ स्थान, तीन किलोमटिर पुग्दा तेस्रो र अन्तिममा पहिलो बने । खत्री राष्ट्रपति रनिंङ्गशिल्डमा तीन किलोमिटर दौडेर प्रथम भएका थिए । बुबा गणेश खत्री र आमा देवि खत्री एक दशकदेखि जापान छन् । दिदि पनि जापान छन् । दाईहरु पनि माल्टा छन् । गाउँमा ठुली मम्मीसंग बसेर पढिरहेका भुवनसंग राष्ट्रिय स्तरको दौडमा भाग लिने चाहाना रहेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका ८ का भुवन खत्रीले ३५ मिनेटमा १० किलोमिटर दौडेर प्रथम भएका छन् । जिल्ला खेलकुद विकास समिति गुल्मीले आयोजना गरेको ‘जाउँ हिडौ रेसुंगा’ १० किलोमिटर दौड प्रतियोगीतामा खत्री प्रथम भएका हुन् । तम्घासको लाँकुरीमञ्चदेखि रेसुंगा महापोखरीसम्मको दुरीको दौडमा लागि गुल्मी, पाल्पा, रुपन्देही र अर्घाखाँचीका ४३ जना प्रतिस्प्रर्धि रहेका थिए ।

Forest
Forest
Ad.

उनीहरु बिचको प्रतिस्प्रर्धामा नेपाली सेनाका शुक्र रोकाय द्धतिय र अर्घाखाँचीका रोहित अधिकारी तृतिय भएका छन् । प्र्र्रतियोगीतामा ६१ बर्षका प्रकाश भलामी र ५२ बर्षका मोहन बहादुर थापालाई सान्त्वना भएका छन् । प्रतियोगीतामा पहिलो हुनेलाई १५ हजार, द्धतिय हुनेलाई आठ हजार र तृतिय स्थान प्राप्त गर्नेलाई पाँच हजार पुरस्कार प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए । रेसुंगा नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगीता आयोजना गरिएको थियो । प्रतियोगीताको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले गरेका थिए । उनले रेसुंगा क्षेत्रको समृद्धिका लागि कृषि, पर्यटन, खेल र पुर्वाधार विकासमा आफुहरु केन्द्रित भएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, एवं जिल्लाका विभिन्न सरोकारवाला कार्यालय र संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

यो प्रतियोगीता सम्भवत पहिलो हो । खुल्ला प्रतियोगीता भएकाले खेलाडीहरुको उत्साहपूर्ण उपस्थिती देखिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले दौडका कारण लिगलिगकोट प्रख्यात भएकाले प्रतियोगीता मार्फत रेसुंगाको आर्कषण बढाउने आफुहरुको उदेश्य रहेको बताए । उनले राष्ट्रपति रनिङ्गशिल्ड र पालिकाका अध्यक्षकप प्रतियोगीतामा रिले दौडहरु हुने भएपनि खुल्ला प्रतिस्प्रर्धा पहिलोपटक आयोजना गरिएको बताए । उनले रेसुंगा नगरको अभियानमा खेलकुद विकास समितिले समन्वय गरेर प्रतियोगीता गरिएको बताए ।

प्रतियोगीहरुको नेको इन्स्योरेन्स कम्पनीमा दुर्घटना बीमा गरिएको थियो । प्रतियोगिता अवधिमा शसस्त्र प्रहरी र नेपाली प्रहरीले स्वयम् सेवकको रुपमा भूमिका निर्वाह गरेका थिए । त्यसैगरी रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी, जिल्ला अस्पतालले एम्बुलेन्स र रेसुङ्गा माध्यमिक विद्यालयले पोखरीबाट तम्घाससम्म फर्किनको लागि बसको व्यवस्था गरेको अध्यक्ष महाकिमले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो