Smoking Causes Cancer

तम्घासदेखि रेसुङ्गासम्म दौड प्रतियोगिता, मुसिकाेटका खत्री प्रथम



अनिष पन्थी
३ वर्ष अगाडि


Place for ads

अनिष पन्थी, गुल्मी: गुल्मीमा तम्घास देखि धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गा सम्म दौड प्रतियोगिता सम्पन्न भएको छ। रेसुङ्गाको प्रचारप्रसार गर्न र जाउँ हिँड रेसुङ्गालाइ प्रभावकारी बनाउन सनिवार बिहान दौड प्रतियोगिता गरिएको हो।

जिल्ला खेलकुद विकास समिती गुल्मीको आयोजनामा सन्चालन भएको दौडमा प्रथम मुसिकोट नगरपालिका ७ का भुवन खत्री भएका छन । यस्तै द्धितिय सङ्ग्राम शार्दुल गुल्म धागिथुम ब्यारेक गुल्मीका सिपाहि सुक्र रोकाय र तृतिय अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ का रोहित अधिकारी भएको जिल्ला खेलकुद बिकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली बिस्वकर्माले जानकारी दिए ।

दाैडमा प्रथम द्धितिय र तृतिय हुनेले क्रमश नगद १५ हजार , आठ हजार र पाँच हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको बिस्वकर्माले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

जिल्ला खेलकुद बिकास समिती गुल्मीका अध्यक्ष गिरि प्रसाद महाकिमको सभापतित्व एवं रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थिको प्रमुख आतिथ्यतामा जिल्लाको सदरमुकाम रेसुङ्गा न पा ८ तम्घासबाट यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगा पोखरी सम्म १० किमी दौड प्रतियोगिता सम्पन्न भएको जिल्ला खेलकुद बिकास समितीले जानकारी दिएको छ ।

”स्वस्थ्यका लागि खेलकुद”, “राष्ट्रका लागि खेलकुद” भन्ने नारालाइ प्रभाव पार्न साथै हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमीको अवसर पारेर रेसुङ्गाको आन्तरिक पर्यटनमा प्रबर्द्धन गर्न र जाउँ हिँड रेसुङ्गालाइ सफल बनाउन दौड प्रतियोगिता राखिएको जिल्ला खेलकुद बिकास समिति गुल्मीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो