Hi-Speed Computer

Awareness Campaign

कर्मले दिलाएको एउटा खुसी



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बागलुङको बडिगाड गाउँपालिका वडा नं-७, भिमगिठेका चन्द्रकला लम्साल भिरबाट लडेपछि शारिरिक रुपमा अशक्त भई लामो समयदेखि विस्तारामा थलिनुभएको थियो। उहाँको अवस्थाको बारेमा झण्डै २ महिना अगाडी जिटिभि नेपालको टोली उहाँको वास्तविक अवस्थाको बारेमा स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुगेका थियौँ ।

झण्डै ७ महिना विस्तारामा थलिनुभएका उहाँको अवस्था भिडियो सामाग्री मार्फत प्रशारण गरेपश्चात उहाँको उपचारका लागि सहयोग जुटाउन सफल भयौँ । लगत्तै उहाँलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएका थियौँ । हिजो शुक्रवार पुनः उहाँको घरमा पुग्दा उहाँ पूणर्रुपमा निको भई दैनिक कामकाज समेत गर्न सक्ने हुनुभएछ ।

उहाँ खुसी मात्रै हुनुभएन आफुले पुर्नजीवन पाएको भन्दै हामीलाई र सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । संगै उहाँका ५ वर्षीय छोरालाई हाल बेलायतमा रहनुहुने आदरणीय दाई रिगल वाईजोले १० कक्षासम्म अध्ययनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Forest
Forest
Ad.

त्यस्तै चन्द्रकला जीलाई थप उपचारका लागि हाल अमेरीकामा रहनुहुने मिचा राईले नगद रु. १० हजार रुपैयाँ पठाउनुभएको थियो । उक्त सहयोग पनि आज नै हस्तान्तरण गरेका छौँ । परोपकारी पत्रकारितालाई अंगाल्दै अझै देशका असहाय र अपांगता भएकाहरुलाई सहयोग गर्ने हाम्रो यात्रा निरन्तर अगाडी बढिरहनेछ ।

विभिन्न समयमा हाम्रो कर्ममा जोडिएर देश विदेशबाट निरन्तर सहयोग पठाउनुहुने आदरणीय सहयोगी महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छौँ ।

– जिटिभि नेपाल अनलाईन सुचना केन्द्र प्रा.लि
मुसिकोट न.पा.-७, वामीटक्सार, गुल्मी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो