Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गलकोट: बागलुङको गलकोट नगरपालिका-३, हटियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

गलकोट नगरपालिका वडा नम्वर ३ हटिया लोकतन्त्र चोकमा रहेको गलकोट ग्रिल उद्योगमा कार्यरत एक पुरुषको मृत्यु भएको हो । मृत्युहुनेमा सुर्खेत गुरुवाकोट नगरपालिका वडा नम्वर ६ हाल हटियाको लोकतन्त्र चोकको गलकोट ग्रिल उद्योगमा कार्यरत ४४ वर्षिय प्रेमबहादुर कामीको मृत्यु भएको हो ।

आज मध्यान्न १२ बजेको समयमा काम गर्ने क्रममा कामीलाई करेन्ट लागेको थियो । कामीको ईमर्जेन्सी पोलिक्लिनिकमा उपचारकोक्रममा दिउँसो करिव साढे १ बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । कामीको शवलाई अहिलेपोष्टमार्टमको लागि गलकोट नगर अस्पतालमा लगिएको छ ।

सिंचाई
Forest
Ad.

कामी विगत ६ वर्षदेखि गलकोट ग्रिल उद्योगमा कार्यरत हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो