Awareness

Get Vaccinated

खड्गभूमि कालिका मन्दिरमा ४५ लाख रकम संकलन, ५०१ सदस्यीय मूल समारोह समिति



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Place for ads

विष्णुप्रसाद आचार्य, (चकित) मुसिकोट गुल्मी: खड्गभूमि कालिका मन्दिर मुसिकोट ९ डासिकोटमा निर्माणाधीन अवस्थादेखि अहिलेसम्म ४५ लाख रकम संकलन भएको मन्दिरका धार्मीक,सास्कृतिक,पुनर्मिलन तथा देवी लिला महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिनुभएको छ।

पुरानो परम्परागत शैलिको सामान्य भवनको रुपमा अवस्थित मन्दिरको हाल प्रशस्त भक्तालुजनको उपस्थितिमा सहज तरिकाले पुजाआजा गर्न मिल्नेगरि नया भवन निर्माणको कार्य सम्पन्न भएको र रङ्गरोगन समेत गरिसकिएकोले आगामी असोज २८ गते घटस्थापनाको दिनको अवसरमा मन्दिर उद्घाटन तथा देवता सार्ने कार्यक्रम राखिएको छ।

कार्यक्रम सफल पार्नको लागि ५०१ जनाको मूल समारोह समिति निर्माण गरिएको छ भने १२ वटा उपसमिति, टिकाराम खरेलको संयोजकत्वमा अन्तराष्ट्रिय समन्वय उपसमिति गठन गरिएको छ। जसको उपसंयोजक छबिलाल खरेल,रामु पौडेल रहनुभएको छ। त्यस्तै मोति खरेल वेलायत संयोजक रहनुभएको छ। सदस्यहरुमा ऋषिराम खरेल,केशव कंडेल र खेमराज खरेल रहनुभएको छ। त्यस्तै रामकृष्ण कंडेल संयोजक रहने गरि २३ सदस्यीय सचिवालय सदस्य निर्माण गरिएको छ।

जसमा ताराप्रसाद कंडेल (थुम्का),रमेश खरेल,कृष्ण खरेल,हिम बहादुर बिक,महाबिर बस्नेत,ताराप्रसाद कंडेल(अर्जुन),विकास कंडेल,पदम बहादुर बिक,बाबुराम कंडेल,बुद्दिमणि खरेल,मोहन खराल,यम बहादुर परियार,चन्द्रकान्त कंडेल,बाबुराम परियार,कालिदास खरेल,ढाल बहादुर पौडेल,बल बहादुर बिक,कर्ण बहादुर बिक,विष्णु कंडेल,यज्ञमुर्ति कंडेल,नरेशराज खरेल र टीकाराम खरेल सदस्य रहेको सचिवालय सदस्य निर्माण गरिएको छ।

पहिलो दिन कलश यात्रा पनि गरिने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कंडेलले जानकारी दिनुभयो । अहिले महोत्सवको तयारी र प्रचारप्रसारलाई तीब्र पारिएको छ । महोत्सव सफल पार्न देश तथा विदेशमा रहेका धर्मानुरागिले यथासक्य सहयोग गर्दै आएका छन ।

महोत्सवको मिति नजिकिदै गर्दा कार्यक्रमको समयतालिका समेत निर्माण भएको छ । असोज २८ गते नवनिर्मित मन्दिरमा देवता सार्ने र मन्दिरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

साथै प्रत्येक दिन कार्तिक ४ गतेसम्म झाकीमय कथा प्रवचन हुने र कार्तिक ४ गते फुलपाती भित्र्याउने कार्यक्रम तय भएको छ ।

Awareness by SKF

त्यस्तै दैनिक कार्यक्रम अन्तरगत बिहान ७ बजेदेखि ८ बजेसम्म नित्य पूजा, ८ बजेदेखि ८.३० बजेसम्म जलपान, ८.३० बजेदेखि १२ बजेसम्म पाठपारायण एवम विविध अनुष्ठान , १२ बजेदेखि १ बजेसम्म राष्ट्रीय ख्यातीप्राप्त कलाकारद्वारा भजनकीर्तन, दिउसो १ बजेदेखि ४ बजेसम्म सङ्गित तथा झाकिमय दिव्य देविकथा एवम दाता सम्मान, ४ बजेदेखि पूजा आरती सुरु र साझको ८ बजेदेखि भजनकिर्तन सुरु गरिने समितिले बताएको छ ।

त्यस्तै कार्यक्रमलाई थप व्यवस्थित बनाउनको लागि बिष्णु प्रसाद आचार्यलाई मिडिया ब्यबस्थापन प्रमुखको जिम्मेवारी तोकिएको छ। बुध्दिमणी खरेल संयोजक र कृष्ण प्रसाद खरेल (सुमन)सहसंयोजक रहनेगरी जनसम्पर्क बिभाग,गोबिन्द बि.सी संयोजक र सुवास सुनार सहसंयोजक रहनेगरी सॅास्कृतिक बिभाग,प्रकाश खरेलको संयोजकत्वमा प्रचारप्रसार बिभाग,यादुलाल सापकोटाको संयोजकत्वमा सल्लाहकार समिति,टीकाराम खारालको संयोजकत्वमा यज्ञ सम्पादन समिति, गठन गरिएको मुलसमारोह समिति संयोजक कंडेलले जानकारी दिनुभयो।

तुल्सी खरेलको संयोजकत्वमा नारी शक्ति परिचालन बिभाग गठन गरिएको छ। उप समिति निर्माण गरेर काम अगाडि बढाइएको र कार्यक्रमलाई यस क्षेत्रको नमुना कार्यक्रम बनाऊनको लागि आयोजकले निकै मिहिनेत गरिरहेको देखिन्छ।

हालसम्म गेट निर्माण,हवन कुन्ड निर्माण,दुनाटपरी निर्माण,पत्राचार र सहयोग संकलन कार्य अगाडि बढाईएको संयोजक कंडेलले बताऊनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो