Awareness

Get Vaccinated

इजरायलबाट नेपालीको उद्धार: काठमाडौं उत्रिए २५४ जना



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Place for ads

काठमाडौं: द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरुको उद्धार गरेर स्वदेश ल्याइएको छ। नेपाल वायुसेवा निगम (नेपाल) एयरलाइन्सको जहाजमार्फत् २५४ जना नेपाली काठमाडौं आइपुगेका छन्।

प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार गरेको आक्रमणमा परेर १० जना नेपाली मारिएका थिए। १ जना अझै सम्पर्कविहीन छन्। युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार गरी सरकारले विमान पठाएर स्वदेश ल्याएको हो।नेपाली नागरिकलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल पुगेका थिए।

इजरायलबाट उद्धार गरिएका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आ–आफ्नो निवासतर्फ पठाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। उद्धार गरिएका २५४ जनालाई काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा पठाउन सरकारले ३ वटा बसको व्यवस्था गरेको थियो।

नेपाल प्रहरीका बसमार्फत् उनीहरुलाई आ–आफ्नो घर तथा आफन्तकोमा पठाइएको हो। इजरायलबाट नेपालीको उद्धार गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री साउदले इजरायलमा नेपालीको उद्धारका लागि आवश्यक परे अझै पनि जहाज जान सक्ने बताए। यद्यपि नियमित उडानबाट आउने नेपालीको टिकट खर्च पनि सरकारले बेहोर्ने मन्त्री साउदले जानकारी दिए।

इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपालीका लागि अनलाइनमार्फत् आवेदन शंकलन गरेको थियो। जसमा ५५७ जनाले आफ्नाो विवरण उपलब्ध गराएका थिए। विवरण उपलब्ध गराएकामध्ये ५०३ जनाले स्वदेश फर्किन अनुरोध गरेका थिए। स्वदेश फर्किने अनुरोधसहित विवरण उपलब्ध गराएकामध्ये २५४ जनालाई उद्धार उडानमार्फत् स्वदेश ल्याइएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो