Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको तम्घास बजार उज्यालो सहर बन्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको सदरमुकाम तमघास बजारको सडक चिटिक्क परे लगत्तै अब बजारको वरीपरी एघार किलोमिटर सडकमा सडक बत्ती र मास्टरलाइटले झिलिमिली बनाइने ने भएको छ।

रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीको अथक प्रयास पछि विद्युत प्राधिकरण र रेसुङ्गा नगरपालिकाको लागत साझेदारीमा एघार किलोमिटर क्षेत्रमा सडक बत्ती जडान गरीने भएको हो। तमघास बजारलाई उज्यालो शहर बनाउने अभियान अर्न्तगत शहर उज्यालो कार्यक्रममा समावेश गरी सडक बत्ती तथा मास्ट लाइटको टेण्डर प्रकृया अघि बढाइएको छ ।

नगरपालिकाका प्रमुख पन्थीको उत्साह र उमंगका कारण रेसुङ्गाले एक पछि अर्को नमूना योग्य विकास पाइरहेको छ। यतिखेर कुनै समय पन्थीको उछितो काढ्नेहरुले पनि प्रशंसा गर्न लागेका छन। आफ्नो कार्यकालमा नमूना नगर बनाएर देश विदेशबाट पर्यटक भित्राउने लक्ष्य लिएका प्रमुख पन्थीको वितेको कार्यकाल समेत उदाहरणीय कार्य भएको स्थानीयवासी बताउँछन् ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो