Clean Water Campaign

Awareness Campaign

युकेमा जनवादी गायक जीवन शर्माको धमाकेदार प्रस्तुती



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

युके: जनवादी गायक जीवन शर्माले युकेमा रहेका नेपालीहरुलाई धमाकेदार सास्कृती कार्यक्रम मार्फत भरपुर मनोजन्जन दिएका छ्न। युकेको स्कटल्याण्ड स्थित गुड क्याम्पनस सभा हर एडिम्वरामा जीवन शर्मा एकल साँझ सांस्कृतिक कार्यक्रम मार्फत शर्माले त्यहाँका सयौ नेपालीलाई मनोरञ्जन दिएका हुन।

स्कट नेपाल एसोसिएसन, गैर आवासिय नेपाली सङ्ह स्कट्ल्याण्ड, ग्लस्गो नेपाली एसोसिएसन, फाइफ नेपाली समाज ,मालिका नौमती बाजा र प्रवाशी नेपाली मन्च को संयुक्त आयोजनामा जनगायक शर्माको सम्मानार्थ त्यहाँका विभिन्न नेपाली संघ सस्थाले युकेमा आमन्त्रण गरेका थिए ।

अन्य सामाजिक संस्थाहरुको पट्याटर लाग्दो भाषण र अतिथी सम्मान भन्दा पृथक बनाउने आयोजकको प्रयास सफल भएको दर्शकको प्रतिक्रिया थियो । जनगायक शर्मा सङ्गै उद्घोषक तारानाथ भण्डारीको प्रस्तुतिले पनि दर्शकलाई आकर्षित गरेको थियो ।

सिंचाई
Forest
Ad.

प्रमुख अतिथी शर्माका अलवा आयोजक संस्थाका उपाध्यक्ष कमला श्रेस्ठ , महासचिब राम प्रसाद कण्डेल, गैर आवासिय नेपाली सङ्ह स्कट्ल्याण्ड , गैर आवासिय नेपाली सङ्ह यु के उपाध्यक्ष मनिषा खत्री, निवर्तमान उपाध्यक्ष मोहन ,नेपाल स्कट एसोसिएसन का अध्यक्ष विजय डङोल, ग्लस्गो एसोसिएसन का अध्यक्ष गोविन्द देवकोटा नेपाल स्कट क्लव का अध्यक्ष धन के सी ,प्रवाशी नेपाली मन्च यु के सल्लाहकार उद्धव भट्टराइ ,मालिका नौमति बाजा समुह सम्योजक तथा समाजसेवी टीकाराम खरेल तथा स्कत्ल्याण्ड का ब्यवसायी , समाजसेवीहरुको उपस्थिति रहेको थियो।

मालिका नौमती बाजा समुहले उनै जीवन शर्माको यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैमा बोलको गीतले यश पालो दशैमा घर जान नपाएका नेपालीलाई भावुक समेत पारेको थियो ।

स्कट नेपाल क्लवका अध्यक्ष तथा त्यस कार्यक्रमका संयोजक धन बहादुर केसी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेर बहादुर केसिको संचालन रहेको थियो थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो