Awareness

मुसिकोट युवा क्लबको व्यवस्थापनमा बडागाउँ हाटबजार सन्चालन हुँदै



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Place for ads

विष्णुप्रसाद आचार्य (चकित) मुसिकोट, गुल्मी: मुसिकोट युवा क्लवको व्यवस्थापनमा मुसिकोट-४, बडागाउँ हलोगाडेमा हाटबजार सन्चालन हुने भएको छ।

मुसिकोट युवा क्लव समन्वय समिति वडानम्बर ४ को व्यवस्थापनमा असोज २६ गते हाट बजार उद्घाटन गरिने क्लवका उपाध्यक्ष दिनेश सिह ठकुरीले जानकारी दिनुभयो ।

Get Vaccinated

हाटबजारले स्थानिय स्तरमा उत्पादित सामाग्रीहरुलाइ बिक्रिवितरण तथा उत्पादन गर्ने किसानलाइ बजार नपाउने समस्याको समाधान हुने क्लवले अपेक्षा गरेको छ ।

स्थानियस्तरमा उत्पादित सामाग्रीहरुलाइ हाटबजारमा ल्याएर बिक्रि वितरण गरी प्रशस्त लाभ लिन क्लबले भनेको छ ।

हाट बजार वरपर उत्पादन भएका तरकारी, फलफूल, कुखुरा खसीबोका, दुध, घिउ, अण्डा लगायतका उत्पादनसंगै स्थानिय आरनबाट उत्पादन गरिएका हसिया ,कोदाली,खुकुरी,विभिन्न औजारहरु र परम्परागत रुपमा उत्पादित गुन्द्री,चकटी,खुर्पेटो,झोला ,स्वीटर, गलबन्दी लगायतका सामाग्री हाटबजारमा बिक्रीवितरण गर्न ल्याउनको लागि सुचना गरिएको क्लवका उपाध्यक्ष सिहले बताउनुभयो।

गाउँघरमा उत्पादित अर्गानिक उत्पादनले बजार नपाउने तर बुटवल तथा भारतसम्मबाट आयात गरिएका विषादी प्रयोग भएका दैनिक उपभोग्य सामानले स्थानिय उत्पादनलाइ विस्थापित गरेको अवस्थामा स्थानियस्तरमा हाट बजार सन्चालन गर्दा उपभोक्तालाइ राहत मिल्ने अपेक्षा क्लवले गरेको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो